मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

आठौँ पर्वत महोत्सवमा रहरलाग्दो फोटो प्रदर्शनी

पुस १९, २०८२
पर्वत : मानिसका अनेकौँ प्रकारका सौखहरु हुने गर्दछ कसैलाई के त, कसैलाई के हुने हुन्छ त्यस्ता सोखहरूलाई पेसा बनाइ व्यापार वा उद्यमशील तामा जोड्न सक्नु नै कला हो, जो जीवन चलाउन सक्ने वा धान्न सक्ने माध्यम बन्न सक्दछ ।
कसैमा गायन कला, कसैमा लेखन कला, कसैमा नृत्यका त कसैमा प्रविधि कला हुन्छ त कसैमा फोटोग्राफर कला हुने गर्दछ । विभिन्न कला मध्येको विशिष्ट कला हो फोटोग्राफर कला जसको माध्यमबाट धेरै भन्दा धेरै मानिसले आफ्ना वा आफूले खिचेका तस्बिर, भिडियोहरू सबै मानिस बिच सार्वजनिक गरेको पाइन्छ, त कसैले तिनै तस्बिर वा भिडियोहरूलाई व्यवसायसँग जोडेर व्यापार तथा उद्यम गरेको देखिन्छ ।
यस्तै परिदृश्यको ज्वलन्त उदाहरण हो शान्ति र सदभावका लागि स्वर्ण जयन्ती वर्ष २०८२ को अवसरमा पर्वत उद्योग वाणिज्य सङ्घद्वारा आयोजित आठौँ पर्वत महोत्सव जो पौष ९ देखि १९ सम्म सञ्चालनमा छ । “समृद्ध पर्वत हाम्रो चाहना” भन्ने मुलनाराका साथ गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा आठ पर्वत महोत्सव–२०८२ मा स्थानीय लघु घरेलु उत्पादन र पर्यटन प्रवर्द्धनका लागि प्रचार प्रसारको महत्त्वपूर्ण माध्यम महोत्सव बनेको छ । यो महोत्सवमा आयोजक संस्थाको बस्तुगत सङ्घ पर्वत फोटोग्राफर सङ्घले पर्वत जिल्ला लगायत गण्डकी प्रदेशमा भएको विभिन्न पर्यटकीय स्थलहरूको सुन्दर तस्बिर प्रदर्शनमा ल्याएको छ ।
जिल्लाको पर्यटन प्रबद्र्धनमा उल्लेख भूमिका खेलेको पर्वत फाेटाेग्राफर सङ्घले सार्वजनिक गरेको विभिन्न सुन्दर तस्बिर हरूको दृश्य अवलोकन महोत्सव स्थलमा प्रवेश गर्ने सबै मानिसको उल्लेख्य भिड देख्न सकिन्छ । जिल्लामा भएका र निर्माण गरिएका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्य राखी आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटक लाई जिल्लामा भित्राउने उद्देश्यले विभिन्न ब्यावसायलाई चलायमान गराउनका लागि पनि केही हद सम्म सफल हुने बिश्वासका साथ यसरी महोत्सवको प्रवेशद्धार नजिक नै यि तस्बिर प्रदर्शनमा राख्ने व्यवस्था मिलाएको छौ । पर्वत उद्योग बाणिञ्य सङ्घ सबै व्यवसायीको संस्था भएको हुनाले पनि सबै व्यवसायीहरू राम्रोसँग सञ्चालन हुन भन्ने नै उद्देश्य रहेको मूल आयोजक समितिका अध्यक्ष एवं पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी पौडेलले बताए । पर्वत उद्योग वाणिज्य सङ्घले पर्वतको पर्यटन प्रबद्र्धनमा लेख्य कार्यहरू गरी रहेको छ । जसका कारण जिल्लामा सरकारी तथा निजी क्षेत्रबाट पर्यटकीय स्थलको निर्माण, पुर्न निर्माण र यसको  प्रचार प्रचारले व्यापकता पाएको उनको भनाई छ ।
पर्वत फोटो ग्राफ सङ्घले हाम्रो आग्रहमा यस महोत्सव स्थलमा यसरी आफ्ना अमूल्य तस्बिरहरूलाई प्रदर्शनमा राखेर महोत्सवको आकर्षण बढाएकोमा हामी हाम्रो बस्तुगत सङ्घका प्रति आभारी रहेको पौडेलले बताए । महोत्सव अवधिभर मेलाका तस्बिर र भिडियोहरू समेत खिचेर फोटोग्राफर सङ्घले सहयोग गरिरहेको महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्ग प्रसाद खनाल बताउँछन् ।
हाम्रो मिहिनेत लगानी र सृजनाहरूलाई तस्बिरमा उतारेर सबै मानिसका बिचमा पु¥याउने सजिलो माध्यम आठौँ पर्वत महोत्सव बनेको छ । पर्वत उद्योग वाणिज्य सङ्घ हाम्रो छाता सङ्गठन पनि हो र हामी हाम्रो सङ्गठनले आयोजना गरेको महोत्सवको आयोजक पनि हौ भने यो अवसरका लागि पर्वत उद्योग वाणिज्य सङ्घलाई धन्यवाद पनि दिन चाहन्छौ , साथै हाम्रो उद्देश्य पनि यस जिल्लामा भएका विभिन्न पर्यटकीय स्थलमा पुगी ती ऐतिहासिक स्थलको तस्बिर लाई सङ्कलन गरी पर्यटन  प्रबद्र्धनमा टेवा पुराउने नै हो  भन्नु हुन्छ पर्वत फोटो ग्राफर सङ्घका अध्यक्ष विजय शर्मा जैसी साथै थप्नुहुन्छ हाम्रा सृजनाहरूको कतै दुरुपयोग नहोस् भन्ने चाहान्छौं ।
पर्यटन प्रर्बद्धनको मुख्य माध्यम भनेको सो पर्यटकीय स्थलको जानकारी दिनु हो जसको पहिलो आधार भनेको सो स्थानको तस्बिर नै हुने गर्दछ पर्वत उद्योग वाणिज्य सङ्घले जिल्लाका सबै पर्यटकीय स्थानको संवर्द्धन  तथा प्रबद्र्धनका लागि विगत देखि नै विभिन्न क्रियाकलापहरू सञ्चालनमा ल्याएको छ जसको सकारात्मक प्रभावहरू देख्न सकिन्छ , स्थानीय लघु उत्पादनहरूको बिक्री वितरण पनि पर्यटन आगमन बढाउन सके र यस्ता प्रकारका प्रवर्द्धनात्मक क्रियाकलापलाई बढाउन सके पक्कै पनि जिल्लाको आर्थिक क्रियाकलापमा बढवा मिल्ने नै छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive