पर्वत : कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीताका लागि पर्वतमा पनि खेलाडी छनोट गर्ने तयारी गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन मगरका अनुसार फागुनको १ गतदेखि ७ गतेसम्म हुने प्रतियोगिताका लागि प्रदेश स्तरका खेलाडी छनोटको लागि पर्वतमा पनि जिल्ला स्तरका खेलाडीहरुको छनोट गर्न थालिएको हो ।
जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरको प्रतियोगितामा सहभागी गराएर त्यहाँबाट राष्ट्रिय प्रतियोगितामा जाने खेलाडीहरुको टुंगो लगाइने छ । प्रदेश छनोट प्रतियोगिता माघ १० गतेदेखि १३ गतेसम्म आयोजना हुने भएकोले त्यसमा सहभागी हुन जान इच्छुक खेलाडीहरुले माघ ९ गतेसम्म जिल्ला खेलकुद विकास समितिको कार्यालय पर्वतमा दर्ता फाराम बुझाउन भनिएको थियो ।
समितिको कार्यालयमा फाराम बुझाएका खेलाडीहरुबीच यही माघको १५ गते प्रतिस्पर्धा गराएपछि प्रदेशमा खेल्न जाने खेलाडीहरुको टुंगो लाग्ने छ ।
प्रदेशस्तरीय खेलाडी छनोटमा लन टेनिस, शारीरिक सुगठन, स्क्वास, बक्सिङ, सुटीङ, उसु, भारत्तोलन, हक्की, फेन्सिङ, गल्फ, रक्बी, खो खो, जिम्न्यास्ष्टिक, जुडो र पौडी विधाहरु रहेका छन् । बास्केटबलका खेलाडीहरुको छनोट माघ ११ गते गरिने अध्यक्ष मगरले बताए ।
खेलमा जान इच्छुक वा फाराम बुझाउन छुटेका खेलाडीहरु भए 9856032412 मा सम्पर्क गरी समन्वय गर्न सकिने पनि अध्यक्ष मगरले बताए ।