बुध, माघ २८, २०८२
Wed, February 11, 2026

जन्मोत्सवको अवसरमा समाजसेवी श्रेष्ठद्वारा नारायण मा.वि.मा अक्षयकोष स्थापना

माघ ९, २०८२
पर्वत : समाजसेवामा सक्रिय रहँदै आएका नारायण माध्यमिक विद्यालय कुश्माका पूर्व विद्यार्थी पाण्डव बहादुर श्रेष्ठले सोही विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
वि.सं. २०२५ सालमा नारायण मा.वि.बाट एसएलसी परीक्षा दिएका श्रेष्ठले आफ्नो ७६ औँ जन्मदिनको अवसर पारेर एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । शिक्षा क्षेत्रमा विशेष चासो राख्दै आएका उनले आफ्ना स्वर्गीय बुवा नरबहादुर श्रेष्ठ, स्वर्गीय आमा नन्दकुमारी श्रेष्ठ तथा स्वर्गीय छोरा सुरज कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति तथा प्रोत्साहन रकम उपलब्ध गराउने उद्देश्यले आफूले विद्यालयमा सहयोग गरेको श्रेष्ठले बताएका छन् । उक्त अक्षय कोषको चेक एक विशेष कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी तथा शिक्षा प्रेमी कृष्णप्रसाद शर्मा र विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाललाई अक्षयकोषदाता श्रेष्ठले हस्तान्तरण गरे । सोही अवसरमा समाजसेवी पाण्डव बहादुर श्रेष्ठले विद्यालयको कक्षा एक देखि १० सम्म अध्ययनरत १० जना विद्यार्थीहरूलाई प्रतिविद्यार्थी पाँच हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्रीसमेत वितरण गरेका छन् ।
पूर्व विद्यार्थी तथा समाजसेवी श्रेष्ठ र उनको परिवारले शिक्षा क्षेत्रमा पु¥याएको योगदानप्रति विद्यालयले कृतज्ञता व्यक्त गरेको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive