शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

पर्वतमा स्नातकोत्तरको कक्षा चलाउन आर्थिक अभियान

साउन १०, २०७८

पर्वत : पर्वतमै पहिलो पटक स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको गुप्तेश्वर बहुमुखी क्याम्पसका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

व्यवस्थापन संकायअन्तर्गत एमबिएसको कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयबाट हालै अनुमति पाएको क्याम्पसको आर्थिक अवस्था बलियो नभएकाले सहयोग उठाएर कोष निर्माण गर्ने गरी अभियान सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए।

कार्यसमितिले क्याम्पसको समग्र विकासएमबिएस कार्यक्रमको स्थायित्वथप कार्यक्रमको योजना र अन्य व्यावसायिक विषयको कार्यक्रम सञ्चालनमा लागि कम्तीमा पनि पाँच करोड रुपैयाँको अक्षयकोष निर्माण गर्ने संकल्प गरेर सहयोगका लागि सरकारी तथा गैरसरकारी निकायशिक्षा प्रेमीसमाजसेवीपूर्वविद्यार्थीरोजगारीका लागि विदेशमा रहेकालगायतसँग सहयोगको अपिल गरिएको कर्मचारीले बताए।

क्याम्पसमा फन्ड छैन। एमबिएस सुरु गर्न कम्तीमा ५० लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरेका छौँ। बाँकी रहेको पैसा अक्षयकोषमा राखेर त्यसैको ब्याजबाट आवश्यक खर्च गर्ने हो‚’ कर्माचार्य भन्छन्, ‘यो फन्डलाई अन्तर्राष्ट्रिय संस्थाहरूले जसरी प्राक्टिस गरिरहेका छन् त्यही शैलीमा चलाइन्छ। अध्यक्ष वा कुनै एक व्यक्तिले चाहेर पैसा निकाल्न पाउँदैन। नत्र त पाँच करोड सक्न पाँच महिना पनि लाग्दैन।

क्याम्पसको आर्थिक उपसमितिका संयोजक कमलनाथ पोखरेलले जिल्लामा नै पहिलो पटक सुरु भएको स्नातकोत्तर तहको कक्षालाई अत्याधुनिक र प्रविधियुक्त तरीकाले विज्ञ प्राध्यापकहरूबाट सञ्चालन गर्न ठूलो आर्थिक स्रोत आवश्यक रहेको बताउँछन्। उनले स्थानीय तहबाट एक करोडरोजगारीका लागि विदेशमा रहेकाबाट दुई करोडपूर्वविद्यार्थीबाट ५० लाख र महायज्ञबाट दुई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको बताए।

अभियान सुरु हुँदासाथ जापानमा रहेका एनआरएनए आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले पाँच लाखकुश्मा नगरपालिका४ को कार्यालयबाट दुई लाखआर्थिक उपसमितिका संयोजक पोखरेलबाट एक लाखव्यवसायी राजनकुमार जोशीबाट एक लाखक्याम्पस सञ्चालक समितिका अध्यक्ष कर्माचार्यबाट एक लाख र समाजसेवी लोकनाथ आचार्यबाट ५० हजार रुपैयाँ सहयोग भएको छ।

thahakhabar

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive