मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

गणपति लघुवित्तकाे कुश्मा शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माघ १४, २०८२

पर्वत — गणपति लघुवित्त वित्तीय संस्थाको कुश्मा शाखाद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मिति २०८२ साल माघ १३ गते मंगलबारका दिन कुश्मा नगरपालिका–४ का वडाध्यक्ष श्री दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कुश्मा, पर्वतमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले लघुवित्त कार्यक्रमले साना–साना कर्जा लगानीमार्फत धेरै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो। लघुवित्त संस्थाहरू राम्रो उद्देश्यका साथ स्थापना भई सञ्चालन हुँदै आएको बताउँदै उहाँले आजको वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरूले व्यवहारिक र महत्वपूर्ण ज्ञान हासिल गर्न आग्रह गर्नुभयो।

संस्थामा आबद्ध ग्राहक सदस्यहरूका लागि वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धी विशेष प्रस्तुति सहितको प्रशिक्षण गणपति लघुवित्त वित्तीय संस्थाको तालिम, अनुपालना तथा प्रवर्द्धन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गर्नुभयो। प्रशिक्षणका क्रममा वित्तीय अनुशासन, पारिवारिक बजेट निर्माण, आम्दानी–खर्च तथा बचत व्यवस्थापन, कर्जाको महत्व र यसको सही प्रयोग, साथै कानुनी अवधारणाका आधारमा कालोसूचीमा पर्न सक्ने अवस्थासम्मका विषयमा ज्ञानमूलक सामग्री प्रस्तुत गरिएको थियो। त्यस्तै, लघुवित्त सम्बन्धी प्रचलित भ्रम र यथार्थबारे समसामयिक विषयवस्तुहरू सरल भाषामा स्पष्ट पारिएको थियो।

कार्यक्रमको अवसरमा कुश्मा शाखा अन्तर्गत उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने तीन जना केन्द्र प्रमुख तथा संस्थाबाट कर्जा लिएर सफलतापूर्वक व्यवसाय सञ्चालन गर्ने वर्षका तीन जना उत्कृष्ट व्यवसायिक ग्राहकलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

करिब ३० जना ग्राहक सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा केन्द्र नं. १८९ की सदस्य युगमाया गिरीले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक गणेश गौतमले गर्नुभएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive