बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पाङ स्वास्थ्य चाैकीमा दन्त परीक्षण शिविरकाे उद्घाटन

माघ १३, २०८२
पर्वत : पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं.१, पाङ स्वास्थ्य चाैकीमा हरेक हप्ताकाे आइतबार दन्त परीक्षण क्लिनिक सञ्चालन हुने भएकाे छ ।
उक्त शिविरकाे एक कार्यक्रमकम बीच नगरप्रमुख रामचन्द्र जाेशीले उद्घाटन गर्दै यस क्षेत्रका नागरिकले क्लिनिकबाट महत्त्वपूर्ण फाइदा लिन सक्ने बताउनुभयो । साथै आवश्यकता अनुसार सहयाेग उपलब्ध गराउँदै जाने बताउनुभयाे । करिब ५ लाख बराबरकाे सामग्री सहयाेग गर्दै जिभाय नेपालका अध्यक्ष गाेबिन्दप्रसाद पाैडेलले अझै नपुग सामग्री सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रमका अध्यक्ष तथा वडा नं.१ का वडा अध्यक्ष खगराज पाैडेलले धेरै पहिलेदेखि नै कार्यक्रम सञ्चालन गर्ने काेसिस गरेपनि हाल सफल भएकाेमा सम्पूर्णलाई धन्यवाद दिनुभयाे ।
साथै स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा लगानि गर्नुपर्नेमा जाेड दिनुभयाे । विशिष्ट अतिथि नगरउपप्रमुख स्वस्थानी रिजालले यस महत्त्वपूर्ण कार्यलाई सबै समक्ष पुर्याउन उपस्थित व्यक्तित्वहरूलाई आग्रह गर्नुभयाे । प्रमुख प्रशासकीय अधिकृत किरण पाैडेलले निशुल्क रूपमा सञ्चालन हुने क्लिनिकलाई सबैले सहयाेग गरी सफल बनाउन अनुराेध गर्दै कुश्मा नगरपालिका कार्यालयबाट सकेसम्मकाे सहयाेग गर्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले मुख स्वास्थ्य कार्यक्रमसँगै दन्त क्लिनिकलाई सफल बनाउन शिक्षक विद्यार्थी, सामाजिक व्यक्तित्व सबैलाई अनुराेध गर्नुभयाे ।
वडा नं. २ का वडा अध्यक्ष लालकृष्ण बाँस्तोलाले दन्त शिविर सञ्चालन महत्त्वपूर्ण भएकाेले व्यवस्थित रूपले सञ्चालन गर्न आग्रह गर्दै सराेकारवाला सबैलाई धन्यवाद दिनुभयाे । विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधिकाे उपस्थित रहेकाे कार्यक्रममा स्वागत मन्तव्य कल्पना शर्मा तथा कार्यक्रमकाे सञ्चालन जितेन्द्र ठाकुरले गर्नुभएकाे थियाे ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive