बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

नयाँ नियुक्ती पाएका पर्वतका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

माघ १६, २०८२

पर्वत : प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्लामा नयाँ नियुक्ती पाएका स्वास्थ्यकर्मीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
माघ १३ देखि १५ गतेसम्म कार्यालयको सभाहलमा आयोजना भएको अभिमुखीकरणमा जिल्लाका स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत नयाँ नियुक्त भएका तथा यसअघि तालिम नलिएका स्वास्थ्यकर्मीहरुको लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा स्वासथ्य संस्थामा रेकर्डिङ र रिपोर्टीङ कार्यमा संलग्न स्वास्थ्यकर्मीहरुलाई परिमार्जित एच.एम.आई.एस रेकर्डिङ रिपोर्टिङ टूल्स भर्ने सीप विकास गराई एच.एम.आई.एस डिजिटाइजेसन गर्ने सीप सिकाइएको छ । यस्तै प्रतिवेदनमा एकरुपता ल्याउने, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सम्बन्धी ज्ञान प्रदान गर्ने र तथ्याङ्क विश्लेषण गर्ने सीपको विकास गर्ने उद्धेश्यले पनि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन तथा जिल्लाका सात वटै स्थानीय तहबाट स्वास्थ्य चौकीहरुमा कार्यरत २१ जना स्वास्थ्यचौकी प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहजिकरण स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखराका बरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर शर्मा, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका सहायक तथ्याङ्क अधिकृत राजन पहाडी, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्मा तथा तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्रीराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive