पर्वत : नेपाली काँग्रेसको बसाईसराई तथा शहरीकरण विषयगत समितिको विज्ञको रुपमा पर्वतका चित्र पाठक (बिक्रम) नियुक्त भएका छन्।
सरस्वती गुरुङ संयोजक रहेको उक्त विषयगत समितिको विज्ञको रुपमा नियुक्त गरिएको भनी काँग्रेस उपसभापति तथा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका प्रमुख विलेन्द्र निधिद्धारा हस्ताक्षर गरिएको नियुक्ति पत्रमा लेखिएको छ।
नियुक्ति पाएसँगै पाठकले प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग गर्नुपर्नेछ।
यसआगाडि नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी पनि नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत विपन्न, अल्पसंख्यक तथा भेदभावमा परेकाहरुका लागि न्याय विषयगत समितिको विज्ञका रुपमा नियुक्त भइसकेका छन्।
काँग्रेस नेता उद्धववहादुर लोहनी संयोजक रहेको समितिको विषय विज्ञमा केसीलाई नियुक्त गरिएको हो। कांग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार विषय विज्ञको रुपमा नियुक्त गरिएको केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधिद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
पर्वतका पाठक र केसी काँग्रेसको विषयगत समितिको विज्ञमा नियुक्त
साउन १२, २०७८
