पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ स्थित अर्मादीको घुम्तीमा दुई सवारी आपसमा ठोक्किँदा दुई जनाको मृत्यू भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार बुधवार दिउसो करिब ४ बजेको समयमा पोखरा–बागलुङ सडक खण्डमा उक्त दुर्घटना भएको थियो। पोखराबाट मुस्ताङका लागि छुटेको ग १ क २९२९ नम्बरको मोटरसाइकल र विपरीत दिशामा गुडिरहेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।
मोटरसाइकल चालक पर्वतको जलजला गाउँपालिका–९ बनौंका ४० वर्षीय हिरा गर्बुजा र सोही मोटरसाइकलको पछाडि बसेका कुश्मा नगरपालिका – १ मालढुंगाका ३५ वर्षीय सुजन भण्डारी गम्भीर घाइते भएका थिए। उनीहरूको टाउको सहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। दुर्घटना लगत्तै उनीहरुको उद्धार गरेर उपचारको लागि प्रदेश अस्पताल पर्वतमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
ट्रकका चालक तनहुँको भिमाद नगरपालिका–२ का ३५ वर्षीय मनोज थापा तथा उनले चलाएको ट्रक समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ।
पर्वतको अर्मादीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यू
जेष्ठ २०, २०८३




