आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026

पर्वतमा एक लाख पुरस्कारको जेसीज सेभेन ए साइड फुटबल आयोजना हुँदे

जेष्ठ २४, २०८३

पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता आयोजना हुने भएको छ ।
गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले बताइन् । साउनको २८ देखि ३१ गतेसम्म पर्वत सदरमुकाम कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिताको आयोजना हुने छ ।
प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । व्यक्तिगततर्फ ‘बेस्ट प्लेयर’, ‘बेस्ट डिफेन्डर’, ‘हाइ स्कोरर’, ‘राइजिङ प्लेयर’, ‘बेस्ट मिड फिल्डर’, ‘बेस्ट गोल किपर’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने छन् ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जेसीजले सन २०२६ मा पनि अभिप्रेरित युवा र समुदायको रूपान्तरणको लागि ‘वन टिम ः वन भिजन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना भएको हो । खेलकुदको क्षेत्रमा योगदान दिन तथा पर्वत र यस क्षेत्रको खेल क्षेत्र र त्यसमा पनि विशेष गरी फुटबलको विकासमा सम्भावनाको खोजी गर्नका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताइन् ।
खेललाई वातावरणमैत्री र सन्देशमूलक बनाउनको लागि प्रत्येक एक गोलको अवसरमा एक वृक्ष रोपण गरिने जेसीजले बताएको छ । ‘वातावरणको संरक्षणमा हाम्रो प्रतिबद्धतालाई अझै सशक्त बनाउँदै हरेक गोलमा हरेक बिरुवा रोप्नुले हरेक व्यक्तिमा वातावरणप्रतिको चेतना अझै बढ्छ’, अध्यक्ष शर्माले भनिन्, ‘साना क्लबमा भए पनि गेम खेलिरहेका युवाहरूमा कति धेरै क्षमता हुन्छ । तर त्यो क्षमता प्रदर्शन गर्न नपाउँदै व्यक्तिले आफ्नो क्षमता पहिचान गर्न पाएको छैन । राज्यले आवश्यक उत्कृष्ट नपाएको पनि हुन सक्छ । यही अवसरका लागि पनि यो प्रतियोगिता महत्त्वपूर्ण छ ।’
जेसीज तथा गैर जेसिजहरूको लागि आयोजना हुने प्रतियोगिताले जेसीज तथा गैर जेसीज व्यक्तिहरूलाई आपसी सम्बन्धमा जोड्नका लागि सहयोग पुग्ने प्रतियोगिताका संयोजक अन्जोल कर्माचार्यले बताए । पर्वत जेसीजका कामहरूलाई जिल्लाभित्रमा मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसिज तथा जेसिज बाहिरका सङ्घ संस्था क्लबहरूसँग जोडिनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
गत वर्ष आयोजना भएको पहिलो संस्करणको उपाधि ‘होटेल बेन्जु’ पोखराले जितेको थियो। अघिल्लो संस्करणमा जेसीजका विभिन्न शाखा तथा जेसिज बाहिरका खेलकुद क्लब, युवा क्लब, समूह र व्यक्तिगत रूपमा निर्माण भएका १९ समूहहरूबिच खेल भएको थियो । ‘फाइनल’मा पोखाराकै गुन्नी फुटबल क्लबमाथि शून्यका विरुद्ध दुई गोल गर्दै ‘बेन्जु’ विजेता बनेको थियो ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा सात जना मात्रै खेलाडी खेल्छन् । यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो । यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ । मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन् ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा ७ जना मात्रै खेलाडी खेल्छन् । यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो । यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ । मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive