आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026

मोदी गाउँपालिकाका नदीमा सामग्री उत्खननमा रोक

जेष्ठ ३१, २०८३

पर्वत : मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने नदी तथा खोलाबाट नदीजन्य निर्माण सामग्री उत्खनन नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
गाउँपालिकाले शुक्रबार प्रकाशित सूचनामार्फत मोदी खोला, पतिखोला, रतिखोला लगायत अन्य खोलाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि भएको आय ठेक्का सम्झौताको अवधि २०८३ साल जेठ मसान्तसम्म मात्रै रहेको जनाएको छ । सो अवधिपछि ती नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य निर्माण सामग्री उत्खनन गर्न कानुनी अनुमति नरहेको गाउँपालिकाको भनाइ छ ।
सूचनामा हाल नदी तथा खोलामा रहेका उत्खनन तथा ढुवानीका साधनहरू र उत्खनन गरिएका निर्माण सामग्री सम्बन्धित व्यक्ति तथा सेवाग्राहीले तत्काल हटाउनुपर्ने उल्लेख गरिएको छ । गाउँपालिकाले सूचनाको अवज्ञा गरी नदी तथा खोलाबाट निर्माण सामग्री उत्खनन, संकलन वा थुपार्ने जस्ता कार्य गरेमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ । मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा हस्ताक्षरित उक्त सूचनाले नदीजन्य स्रोतको संरक्षण तथा कानुनी व्यवस्थाको पालना सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive