मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

बागलुङ मन्दिरको प्रवेशद्धारबाट सुरु भयो हिन्दु राज्य र राजसंस्थाको पक्षमा हस्ताक्षर अभियान

साउन १९, २०८३

बाग्लुङ : सनातन हिन्दु अधिराज्य, राजसंस्था तथा राष्ट्रिय एकताको पक्षमा हस्ताक्षर अभियान बागलुङ कालिका भगवती मन्दिरको मुख्य प्रवेशद्वारबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
कार्यक्रमका संयोजक बलराम हमालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूज्य स्वामी ऋषि प्रपन्नाचार्यको मंगलाशासनसँगै वटुकहरूद्वारा स्वस्तिवाचन गरिएको थियो । त्यसपछि ज्येष्ठ नागरिक दुर्गाबहादुर आचार्य र देवीप्रसाद पाठकले पहिलो हस्ताक्षर गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धर्मप्रेमी तथा देशप्रेमी नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले सनातन हिन्दु मूल्य–मान्यता, राष्ट्रिय एकता तथा राष्ट्रिय पहिचानको संरक्षणका लागि जनमत अभिव्यक्त गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
आयोजकका अनुसार हस्ताक्षर अभियान आगामी दिनहरूमा बाग्लुङका विभिन्न स्थानसहित देशका अन्य जिल्लाहरूमा समेत सञ्चालन गरिनेछ । अभियानमा सहभागी भई आफ्नो ऐक्यबद्धता जनाउन सम्पूर्ण देशप्रेमी नेपालीहरूलाई आयोजक समितिले हार्दिक आह्वान गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive