बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

अपाङ्गता भएका व्यक्तिसँग एकीकृत सेवा कार्यालयको अन्तरक्रिया

अशोज १, २०८३

पर्वत : एकीकृत सेवा कार्यालय पर्वत र अंपागता क्षेत्रसँग सम्बन्धित संघ संस्थाका व्यक्तिहरु र अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।
कार्यालयले गत आर्थिक बर्ष २०८२÷०८३ मा अंपागता भएका व्यक्तिहरुको क्षेत्रमा सम्पादन गरेका क्रियाकलापहरुको समिक्षा तथा आगामी आर्थिक बर्ष २०८३÷०८४ मा सम्पादन गरिने कार्यक्रम तथा क्रियाकलापको प्रभावकारीताको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साथै गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले अंपागता भएका व्यक्तिहरुको लागि गर्ने कार्यक्रमहरु बारेमा समेत जानकारी गराइएको थियो । कार्यालय प्रमुख जीवन पौडेलले आगामी वर्ष पनि अंपागता भएका व्यक्तिहरुलाई लक्षित कार्यक्रमको साथै अन्य कार्यक्रममा पनि प्राथामिकता दिएर सञ्चालन गरिने बताउनुभयो । उहाँले यस वर्ष बौद्धिक अंपागता, अटिजम, मस्तिष्क पक्षघात तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका आर्थिक अवस्था कमजोर भएका अभिभावकको हेरचाह र शिक्षण सिकाइमा सहयोग पुर्याउने गरी अनुदान वितरण गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा अपांग नेपाल अंपाग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्मा, पर्वत नेत्रहिन संघका अध्यक्ष हरिदत्त शर्मा, बौद्धिक अपांगता भएकाहरुको अभिभावक संघका अध्यक्ष गणेश सुवेदी लगायतले सरकारले अपाङ्गता भएका व्यक्ति र तिनमा परिवारको सशक्तिकरण र सहायताका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख घनराज केसीले गर्नुभएको थियो ।
यसैबीच एकीकृत सेवा कार्यालय पर्वतमा साङ्केतिक भाषा दोभाषे सेवा सहितको अपांगता सहायता कक्षको स्थापना गरिएको छ । साङ्केतिक भाषाको सिप भएको कर्मचारी समेतको व्यवस्थापन गरी अंपागता भएका व्यक्तिलाई कार्यालयबाट सहज र सरल रुपमा सेवा प्रवाह गरी उनीहरुको अधिकार सुन्श्चित गराउन र भेदभाव रहित वातावरणमा सेवा दिन यो कक्षको स्थापना गरिएको बताइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive