बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

जलजला गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अशोज ७, २०८३

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको वार्षिक समीक्षा गरेको छ ।
गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्ले, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा वडा कार्यालयका सचिवहरूले आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न गरेका कार्य, हासिल भएका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा प्रगतिको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । शाखागत तथा वडागत रूपमा भएका गतिविधि, सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा गरिएको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ मा गाउँपालिकाले अघि बढाउनुपर्ने आगामी कार्यदिशा, प्राथमिकता र कार्ययोजनाका विषयमा समेत छलफल गरिएको गाउँपालिकाले जनाएको छ । विगत वर्षका कार्यक्रम तथा गतिविधिबाट प्राप्त अनुभव र सिकाइलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा उपयोग गर्ने विषयमा पनि जोड दिइएको छ ।
वार्षिक समीक्षा कार्यक्रमले गाउँपालिकाको विगत आर्थिक वर्षको समग्र कार्यसम्पादनको मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने आधार तयार गरेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा स्थानीय तहबाट प्रवाह हुने सेवा तथा विकास कार्यक्रमलाई थप व्यवस्थित र जनमुखी बनाउँदै लैजाने विषयमा पनि कार्यक्रममा छलफल भएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive