बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

नेता हमालद्धारा पर्वतको बी.पी स्मृति भवनलाई ६ लाख २२ हजार प्रदान

भदौ २, २०७८

भदौ २, २०७८
पर्वत : नेपाली काँग्रेसका यूवा नेता तथा व्यवसायी बिप्लवजंग हमालले नेपाली काँग्रेस पर्वतले निर्माण गरेको पार्टी कार्यालय बी.पी स्मृति भवनका लागि मोटो रकम सहयोग गरेका छन्।
यसअघि पनि बिभिन्न ठाउँमा सहयोग गर्दै आइरहेका मनकारी नेता तथा व्यवसायी हमालले ६ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेका हुन्।
आफू बी.पी. कोईरालाको जीवनी र भोगाईबाट प्रभावित भएको बताउने नेता हमालले सबैको सहयोगबाट नै आकर्षक बी.पी. स्मृति भवन निर्माण गर्न सकिएको बताउँदै सामाजिक सेवाका लागि अरुलाई पनि सहयोग गर्न आह्वान गरे। ‘बी.पी. स्मृति प्रतिष्ठानमा काँग्रेसको पार्टी कार्यालय रहे पनि यो भवन सबैका लागि साझा हो। जसरी बी.पी. पनि सबैका लागि साझा हुनुहुन्थ्यो’ उनले भने, ‘कोरोना कहरमा अस्पतालमा बेड अभाव हुँदै गरेको बेलामा नेपाली काँग्रेस पर्वतले संक्रिमितको उपचारका लागि उक्त भवनलाई अस्थायी कोरोना अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो। यदि त्यहाबाट अस्पताल चलाउनु परेको भए कतिको जीवन बचाउन सकिन्थ्यो होला नि त।’
हमाल हाल नेपाली काँग्रेसको उद्योग, व्यापार तथा वाणिज्य विभागका केन्द्रिय सदस्य हुन्। उनी गएको प्रदेश सभाको निर्वाचानमा समेत सिफारिसमा परेका थिए। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका हमाल राजनीति र सामाजिक दुवै व्यवहारमा ईमान्दार मानिन्छन्। उनले समस्यामा परेका बालबालिका, परिवार, विपदमा परेकाहरु लगायतलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका छन्।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive