बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

दूतावासमार्फत झलनाथको हस्ताक्षर सनाखत

भदौ ९, २०७८

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीको दर्ताका क्रममा नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत नेता खनालको हस्ताक्षर सनाखत गरिएको हो।

आयोगले भौतिक उपस्थिती नभइ हस्ताक्षर सनाखत नगर्ने भनेपछि यहि विषयमा आयोगका पदाधिकारीसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको केही समय विवाद भएको थियो। अन्ततः उपचारका लागि दिल्लीमै रहेका खनालले दूतावासमार्फत हस्ताक्षर सनाखत गराए।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएकाहरुलाई आयोगले बुधबार सनाखतका लागि बोलाएको थियो।

झलनाथको हस्ताक्षर सनाखतसँगै अब एकीकृत समाजवादीको पक्षमा एमालेका ५५ केन्द्रीय सदस्य र ३० जना संघीय सांसदको हस्ताक्षर सनाखत भएको आयोगले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive