मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

पर्वत प्रहरीद्धारा गाँजा सहित एक जना पक्राउ

भदौ ८, २०७८

भदौ ८, २०७८
पर्वत : लागू औषध कारोबार रोक्न सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पर्वतले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–१० घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा बस्दै आएका २४ वर्षिय नरेन्द्र किसान रहेका छन्।
कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत भदौ ६ गते बिहान साढे सात बजेको समयमा बिशेष सुचनाका आधारमा प्रहरी चौकी वारीवेनी पर्वतबाट प्रहरी नायव निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले किसानलाई जलजलाकै मल्लाज चोकबाट पक्राउ गरेको हो।
उनको साथबाट गाँजा जस्तो देखिने हरियो पदार्थ ५८० ग्राम बरामद भएको र सोमबार पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि इन्स्पेक्टर अधिकारीले जानकारी दिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive