मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पहिरोमा परी नवलपरासी (पूर्व) मा तीन जना बेपत्ता

भदौ ११, २०७८

भदौ ११, २०७८
पर्वत : अविरल वर्षासँगै आएको पहिरोमा परी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता भएकाहरूमा हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चार घरेकी ४० वर्षिया धनमाया पुलामी र उहाँका दुई नातिनीहरू अन्दाजी सात वर्षिया भुमिसरा पुलामी र ६ वर्षिया देउमाया पुलामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवक्ता प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार गए राती करिब दुई बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले स्थानीय ५० वर्षिय हस्त बहादुर पुलामीको घर पूर्ण रूपमा क्षति भएको हो । हस्त बहादुरलाई समेत पहिरोले पुरेकोमा उनको भने स्थानीयले तत्कालै उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए । अहिले भने उपचारको लागि उहाँलाई मध्यविन्दु जिल्ला अस्पतालमा लगिसकिएको इन्स्पेक्टर सिंहले बताउनुभयो ।
पहिरोमा परी बेपत्ता भएको थाहा पाए लगत्तै स्थानीयबासीहरु सहित सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिरहेको भए पनि बेपत्ता रहेकाहरूको अवस्था अज्ञात नै रहेको प्रहरीले बताएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive