आइत, साउन १७, २०८३
Sun, August 2, 2026

पहिरो प्रभावित जलजलाको पूर्णगाउँमा स्थलगत निरीक्षण

साउन १६, २०८३

पर्वत : जिल्लाको जलजला गाउँपालिका–२ स्थित पूर्णगाउँको पहिरो प्रभावित क्षेत्रमा शनिबार स्थलगत निरीक्षण तथा स्थानीय प्रभावित समुदायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल भू तथा जलाधार व्यवस्थापन कार्यालय कुश्माका कार्यालय प्रमुख शम्भुकुमार मिश्र, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, वडा नं. २, ४ र ५ का वडा अध्यक्षहरू, सम्बन्धित प्राविधिक तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
निरीक्षणका क्रममा टोलीले पहिरोबाट प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिँदै क्षतिको अवस्था, जोखिमको स्तर तथा स्थानीय बासिन्दाले भोगिरहेका समस्याबारे प्रत्यक्ष अवलोकन गरेको थियो । साथै, प्रभावित समुदायसँग अन्तरक्रिया गर्दै जोखिम न्यूनीकरण, नागरिकको सुरक्षा तथा दीर्घकालीन समाधानका सम्भावित उपायबारे विस्तृत छलफल गरिएको जनाइएको छ ।
जलजला गाउँपालिकाले पहिरो प्रभावित क्षेत्रको समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै प्रभावित नागरिकको सुरक्षा, जोखिम व्यवस्थापन तथा आवश्यक सहयोग उपलब्ध गराउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीयवासीले पनि पहिरोको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी योजना कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । कार्यक्रममा पहिरोबाट उत्पन्न जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive