बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

जलजलाबाट महिला सहित ११ जुवाडे पक्राउ

भदौ ३०, २०७८

भदौ ३०, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले पर्वतको जलजला गाउँपालिकाका दुई स्थानबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार विशेष सुराकीको आधारमा गएको प्रहरीले गाउँपालिकाको वडा नं. ३ वारी बेनी स्थित लेकाली होटेलबाट २५ हजार पाँच सय नगद सहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा जलजला–१ का रुपेश पुन, वडा नं. ५ की हेमा पुन, वडा नं. ३ का शेर बहादुर पाइजा, वडा नं. ५ का भूमिका पुन र वडा नं. ६ का निल बहादुर पुन रहेका छन्।
सोही ठाउँमा रहेको चोक बहादुर पुनको घरबाट पनि प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको उनीहरूलाई नियन्त्रणमा लिन पुगेका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए। उनीहरूको साथबाट सात हजार आठ सय ४५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेकाहरूमा म्याग्दीको धवलागिरी गाउँपालिका–४ का बम बहादुर घर्ती मगर, मङ्गला गाउँपालिका–५ का चित्र बहादुर बुढाथोकी, पर्वतको जलजला गाउँपालिका–३ का प्रेम जी.सी., वडा नं. ७ मा बस्दै आएका रंगु साह, जलिन मिया र वीर बहादुर सिर्पाली रहेका छन्।
पक्राउ परेकाहरूलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट दश दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive