बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

मंसिर १४, २०७८

चितवन : नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्।

अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले १८ सय ८ मत ल्याउँदा रावलले  २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए।

आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन।

मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ मत खसेको थियो।रावलले आफूले मतपरिणामलाई स्वीकार गर्ने बताएका छन्।

मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो। संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ।

तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्य पदमा सर्वसम्मत नभएपछि मतदान गरिएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive