मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

अल्जाइमरका बिरामीलाई पनि भियाग्रा ट्याब्लेट उपयोगी हुने

मंसिर २२, २०७८

अमेरिकाका शोधकर्ताहरूका अनुसार नपुंशकताको गोली भियाग्रा अल्जाइमर रोगविरुद्धको उपयोगी उपचार हुन सक्ने बताएका छन्।

शोधकर्ताहरूले भियाग्राले मस्तिष्कमा पार्ने प्रभावबारे अध्ययन गरिरहेका छन्।  परीक्षणले देखाएअनुसार भियाग्राको ट्याबलेटले यस्तो प्रोटिनलाई लक्षित गर्छ कि जो  डिमेन्सिया हुँदा  मस्तिष्कमा जम्मा हुन्छ।

क्लीवल्याण्डको टोलीले ७० लाख बिरामीहरूको डाटा बेस विश्लेषण गरेको थियो। भियाग्रा ट्याबलेट लिने पुरुषहरूलाई अल्जाइमर हुने खतरा कम भएको पत्ता लगाएको बिबिसीले जनाएको छ।

जर्नल अफ नेचर एजिङका अनुसन्धानकर्ताले यस विषयमा थप अध्ययन गर्नुपर्ने बताएका छन्। विशेषज्ञहरूको भनाइअनुसार यस्ता अध्ययन प्रोत्साहनजनक रहेको छ।

सुरुमा मुटुमा रक्तसञ्चार सुधार गर्न भियाग्राको विकास गरिएको थियो। पछि डाक्टरहरूले यो गोलीले लिंगको धमनीलगायत शरीरको अन्य भागमा प्रभाव पारको पत्ता लगाएका थिए। विशेषज्ञहरूको भनाइअनुसार यस ट्याबलेटका अरू थुप्रै प्रयोग हरू छन्।

पुरुष र महिलामा पल्मोनरी हाइपरटेन्सनमा पनि यसको प्रयोग भइसकेको छ। अहिले अनुसन्धानकर्ताहरूको विचारमा यो गोली अल्जाइमर पनि काम गर्न सक्छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive