मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

दर्शकको रोजाइमा परेको ‘द नोटिफिकेसन’

पुस १७, २०७८

पोखरा
चलचित्र महोत्सव ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पाँचौ संस्करणमा कुल ९४ वटा ठूला साना चलचित्र प्रदर्शन भए । महोत्सवको अन्तिम दिन अष्ट्रेलियाबाट निर्माण गरिएको ‘द नोटिफिकेसन’ पनि पोखरेली दर्शकमाझ देखाइयो । हरर फिल्म भएकोले पनि उक्त फिल्मलाई पोखेरली दर्शकले निकै रुचाए । पोखराको तुङ्गा रेस्टुरेन्ट, न्युरोडमा देखाइएको उक्त फिल्मले मातृभूमि र आफ्नो देश प्रतिको मायालाई झल्काइएको छ ।
एउटा चेली उच्च शिक्षाको लागि विदेश जानु, एकान्तपनले मृत्यु निम्त्याउनु । मृतक आत्माले आफ्नै देशमा संस्कार गरि पाउँ भनी कुनै व्यक्तिलाई सपनामा म्यासेज पठाउनु । यी सबै दृश्यलाई चलचित्र भित्र निकै गजव तरिकाले प्रस्तुत गरिएको छ ।
झन्डै २५ मिनेट लामो उक्त फिल्मले विदेश पढ्न जाने विद्यार्थीलाई सन्देश दिन खोजेको छ । मनोज अधिकारीको गरेको उक्त फिल्मलाई सुरुची थापा, कुशी शर्मा पौडेल, प्रिति घिििमरे र शौरभ केसीको अभिनय देख्न सकिन्छ । चलचित्रलाई ग्रिन हिल इन्टरटेनमेन्ट माइला आमा प्रोडक्सनले निर्माण गरेको हो ।
पुस १२ गतेदेखि १६ गतेसम्म पोखरामा चलेको चलचित्र महोेत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं वृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको सहभगिता रहेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive