बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

भजनमण्डलीद्धारा धार्मिक संस्थालाई कुर्सी प्रदान

माघ ८, २०७८

दिपसागर पौडेल

धार्मिक तथा पर्यटन क्षेत्रको सम्भावना बोकेको कुश्मा नगरपालिका ७ खरेहा स्थित शिव मन्दीरलाई त्यहाँकै सक्रिय भजन मण्डलीले शनिवार मन्दीर प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी उक्त भजन मण्डली समूह खरेहाले शिव मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष खेमनाथ शर्मालाई र सचीव कृष्ण गिरिलाइ उक्त भजन मण्डलीका द्दय अध्यक्ष बिष्णु प्रसाद रिमाल र कोषाध्यक्ष रुद्र प्रसाद शर्मा द्दारा १० थान प्लास्टिक कुर्सी हस्तान्तरण गर्नुभएको हो ।

सो कार्यक्रममा बोल्दै भजन मण्डलीका अध्यक्ष बिष्णु प्रसाद रिमालले भगवानकै नाममा आएको आर्थिक सहयोग रकमलाई भगवानकै मन्दीरमा समर्पित गर्न पाउदा खुसी व्यक्त गर्नुभयो साथै भजन मण्डलीका कोषाध्यक्ष रुद्र प्रसाद शर्माले आफुहरु विभिन्न शुभ कार्यहरुमा गएर भगवानको नाममा भजन किर्तन गरेर र भजन मण्डलीले कुनै अपेक्षा नराखीकन उहाँहरुकै भक्तिभावबाट कर्ताहरुले प्रफुल्ल मन गरि दिएको रकमलाई भगवानकै नाममा हुने आउने कार्यक्रमहरुका लागि भनेर आबस्यक १० थान कुर्सी मन्दिरलाई नै हस्तान्तरण गर्ने हाम्रो पबित्र सोच थियोे त्यसैले शंस्थालाइ हस्तान्तरण गरेको हौ शर्माले बताउनु भयो

त्यस्तै गरि उक्त शंस्थालाइ एकनायण तिमिल्सिनाले दुई थान फलामे बेन्च भजन मण्डलीकै कोषाध्यक्ष रुद्र प्रसाद पाध्याले दुई थान फलामे बेन्च त्यस्तै गरि तोयनाथ पौडेलले दुई थान प्लास्टिक कुर्सी र मन्दीरमा बजाउने ठुलो घन्टा स्थापना गर्नु भएको छ भने भजन मण्डलीका उपाध्यक्ष हेम शर्माले पनि एक थान मझौला घन्टा स्थापना गर्नुभएको छ त्यस्तै खरेहा शिव मन्दिर मुल समिति शंस्थाका अध्यक्ष खेमनाथ शर्माले उहाँहरुले गर्नुभएको त्याग र तपस्यालाई मनै देखि उच्च सम्मान गर्दै आखिर संसार सबै भगवानकै हो भगवानको नाममा जे जति स्थापना गर्नुभएको छ त्यसमा उहाँहरुलाइ पनि पुन्ड्य लाभ हुने र आफु धार्मिक कार्यमा लाग्दा उहाँहरुले दिनुभएको उर्जा हौसला र आत्मिक मनोबलबाटै शंस्था आज पर्बत जिल्लाकै धार्मिक प्रसिद्द तिर्थ स्थलका रुपमा चिनिन पाउदा अत्यन्तै खुशी व्यक्त गर्नुभयो

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive