बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

शुभकल्याणमा ५० हजारको अक्षयकोष स्थापना

चैत्र ११, २०७८

चैत ११, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ अर्थरमा रहेको शुभकल्याण आधारभुत बिद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
आर्थरको डाँडाखर्कस्थित नम्कि निबासी जस बहादुर गुरुङले विद्यालयमा अध्ययनरत बालबालिकाको अध्ययनमा सहयोग पुगोस भन्ने उद्धेश्यले उक्त अक्षयकोष स्थापना गरेका हुन्। जस बहादुर गुरुङ, आश बहादुर गुरुङ र सम बहादुर गुरुङको सामुहिक ८४ पुजाको अबसर पारेर उक्त अक्षयकोषको स्थापना गरिएको हो।
उक्त रकम उनीहरुका नाती बराह माध्यमिक विद्यालय कास्कीकामा कार्यरत शिक्षक सुरेश गुरुङले नेपाली कँग्रेसका पार्टी सभापति रुद्रमोहन रिमाल र समाजसेवी मन बहादुर क्षेत्रीको उपस्थितीमा विद्यालयलाई हस्तान्तरण गरेका छन्। यस कार्यका लागि बिधालयका पूर्व प्रधानाध्यापक इन्द्र बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्ण गुरुङ र वर्तमान अध्यक्ष मुना गुरुङले पनि बिशेष भूमिका निर्वाह गरेका थिए।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमले सहयोगदाताप्रति धन्यवाद ज्ञापन गर्दै बिद्यालयमा अक्षयकोष स्थापना गर्ने आदरणिय बुबाहरुको सुसवास्थ्य एवं दिर्घायुको शुभकामना ब्यक्त गरे। पवित्र कार्य गरेकाले सहयोगदाताहरुलाई विशेष कार्यक्रमको अवसर पारेर विद्यालयको तर्फबाट सम्मान गर्ने पनि प्रधानाध्यापक गौतमले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive