बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव हुँदै

जेष्ठ ६, २०७९

जेठ ६, २०७९
पर्वत : कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वत सदरमुकाम कुश्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव सुरु हुने भएको छ।
प्रजातन्त्र स्थापनाको लागि संघर्ष गर्दै आएक कुश्मा नगरपालिका–३ दुर्लुङ घर भएका चन्द्र बहादुर गुरुङ र राधा देवी गुरुङको सम्झनामा स्थापना गरिएको संस्था राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्। कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको खेल मैदानमा अयोजना गरिएको महोत्सवको शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहान ११ बजे उदघाटन गर्ने काक्रम रहेको छ।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, फरक फरक जातजातिका भेषभुषा सहितको झाँकी प्रर्दशनी, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने तयारी गरिएको महोत्सवका संयोजक शिव उचै ठकुरीले बताए।
कुलेन्द्र बि.क, बिमलराज क्षेत्री, एलिना चौहान, ज्योती मगर, पशुपति शर्मा, खुमन अधिकारी, प्रकाश दुतराज, प्रिती आले लगायतका दोहोरी कलाकारहरु सहित सुगम र हिपहप कलाकारहरुहरुलाई पनि महोत्सवका आकर्षणका रुपमा बोलाउन लागिएको छ।
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जिल्लाका सात ओटै स्थानीय तहहरुका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु गरी कुल ७५ जनालाई विभिन्न दिनमा सम्मान सहित बधाई ज्ञापन गर्ने कार्यक्रम पनि महोत्सव अवधिमा सञ्चालन गर्ने भनिएको छ।
कुश्मा नगरपालिका मुख्य प्रायोजक तथा टुबोर्ग बियर, रुस्लान भोड्का, मोदी वाटर र पेप्सी सहप्रायोजक रहेको महोत्सवमा दुई सय ओटा व्यवसायिक स्टलहरु निर्माण गरिएको छ। जसमा कृषिको प्रवद्र्धनका लागि भन्दै पाँच ओटा स्तलहरु निशुल्क रुपमा उपलब्ध गराउन लागिएको पनि आयोजकले जानकारी दिएको छ। स्टलको भाडा १३ हजार पाँच सय रुपैयाँ तोकिएकोमा स्थानीय व्यवसायी भएमा उक्त मूल्यमा २५ प्रतिशत छुटको व्यस्था गरिएको पनि महोत्सवका संयोजक ठकुरीको भनाई छ।
महोत्सव अवलोकनको लागि बिद्यार्थी, बालबालिका र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ मूल्य तोकिएको छ भने साधारण टिकटको मूल्य ७० रुपैयाँ राखिएको छ। महोत्सवबाट आम्दानी भएको रकमबाट कार्यक्रम आयोजना गरिएको बडागाउँ खेल मैदानमा शौचालय निर्माण गर्ने, मैदान व्यवस्थापनमा सघाउने र नेपाल पत्रकार महासंघ पर्वत शाखालाई आवश्यक पर्ने केही डिजिटल सामग्रीरु हस्तान्तरण गर्ने योजना राखिएको छ। यस बाहेक प्रतिष्ठानले अस्पताल निर्माणको बारेमा पनि प्रयास गरिरहेको प्रतिष्ठानका संरक्षक गुरुङ बताउँछन्। स्वर्गीय राधादेवी गुरुङको ८८ औँ जन्मजयन्तिको अवसर पारेर आयोजना गरिएको महोत्सवबाट नाफा कमाउने भन्दा पनि सामाजिक सहयोग गरेर दिवंगत आत्माको शान्तिको कामना गर्ने प्रयास गरेको पनि गुरुङको भनाई छ।
महोत्सवमा राखिएको जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको बिजेता टोलीले एक लाख एक हजार रुपैयाँ, दोस्रोले ५५ हजार रुपैयाँ, तेस्रोले ३० हजार रुपैयाँ र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ पाउने गरी पुरस्कारको व्यवस्था गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive