बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

जेष्ठ १०, २०७९

पर्वत : सम्पन्न स्थानीय तहको निर्वाचनमा आंशिक रूपमा १०  र पूर्ण रूपमा ०.७४ प्रतिशत मतहरू बदर भएको पाइएको छ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार जिल्लामा खसेका कुल ७९ हजार ६९१ मत मध्ये ५९५ अर्थात् ०.७४ प्रतिशत मत पूर्ण रूपमा बदर भएका छन्।

आंशिक रूपमा बदर भएका मतको विवरण वडा र पद अनुसार फरक हुने भएकाले एकीकृत रूपमा निकालिएको उनको भनाई छ।

आंशिक रूपमा बदर भएका मतहरूको प्रतिशत सरदरमा निकाल्दा १०.१४ प्रतिशत रहेको भए पनि पद अनुसार निकाल्दा १६.१५ प्रतिशतसम्म बदर भएका छन्।

सबैभन्दा कम वडाध्यक्ष पदमा ६.९ प्रतिशत मत बदर हुँदा सबैभन्दा बढी खुला वडा सदस्यमा १६.१५ प्रतिशत मत बदर भएका छन्।

यस्तै प्रमुख-अध्यक्षमा ७.३४ प्रतिशत , उपप्रमुख-उपाध्यक्षमा १२.४ प्रतिशत, महिला सदस्यमा १३.०८ प्रतिशत र दलित महिला सदस्यमा १५.१ प्रतिशत मत सरदरमा बदर भएका छन्।

पर्वतको जलजल गाउँपालिकामा ११ हजार २२९, पैयुँ गाउँपालिकामा ७ हजार ७७३, फलेवास नगरपालिकामा १४ हजार ९८९, महाशीला गाउँपालिकामा ५ हजार ४१३, मोदी गाउँपालिकामा १२ हजार ५७१ र बिहादी गाउँपालिकामा  ७ हजार ५९ मत खसेका थिए।

थाहाखबर बाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive