शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पर्वतमा ४० प्रतिशत पदमा महिला उम्मेदवार निर्वाचित

जेष्ठ १०, २०७९

पर्वत : हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लामा ४० प्रतिशत पदमा महिला उम्मेदवार निर्वाचित भएका छन्।

पाँच गाउँपालिका र दुई नगरपालिका रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिकामा ४१.६७ प्रतिशत र सबैभन्दा कम जलजला गाउँपालिकामा ३८.३० प्रतिशत महिला निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। उनका अनुसार पैयुँ गाउँपालिकामा ४०.५४, फलेवास नगरपालिकामा ४०.३५, महाशिला गाउँपालिकामा ४०.६३, मोदी गाउँपालिकामा ४०.४८ र बिहादी गाउँपालिकामा ४०.६३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएका छन्।

कुश्मा नगरपालिकामा रहेका कुल ७२ पदमा २०१ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमध्ये ७५ जना महिला उम्मेदवार रहेकोमा ३० जना निर्वाचित भएका छन्। जलजला गाउँपालिकामा ४७ पदमा कुल १३३ जनाको उम्मेदवारी रहेको थियो, जसमा महिला उम्मेदवारको संख्या ५२ थियो। तीमध्येका १८ जना विजयी भएका छन्। पैयुँ गाउँपालिकामा १५ जना महिला निर्वाचित भएका छन्। त्यहाँ रहेका ३७ पदमा ३४  महिला सहित १०० जनाको उम्मेदवारी परेको थियो।

फलेवास नगरपालिकामा रहेका कुल ५७ पदमा १५७ जनाको उम्मेदवारी रहेको थियो। जसमा ५५ जना महिला उम्मेदवारहरू रहेकोमा २३ जना निर्वाचित भएका छन्। महाशिला गाउँपालिकामा ३२ मध्ये १३ पदमा महिलाले जितेका छन्। त्यहाँ २८ जना महिला सहित ७२ जनाको उम्मेदवारी रहेको थियो।

मोदी गाउँपालिकाका ४२ मध्ये १७ पदमा महिला पुगेका छन्। कुल ११९ उम्मेदवारमध्ये महिलाको संख्या ४४ रहेको थियो। बिहादी गाउँपालिकामा १३  महिला निर्वाचित भएका छन्। कुल ३२ पदका लागि ७८ जनाको उम्मेदवारी रहेकोमा महिला उम्मेदवार ३० थिए।

सातवटा स्थानीय तहमा रहेका कुल ३१९ पदमा ८६० जना उम्मेदवार रहेकोमा १२९ महिला विजयी भएका छन्।

थाहाखबर बाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive