बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

नगरप्रमुख तिवारीले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गर्ने

असार ४, २०७९

असार ४, २०७९
पर्वत : पर्वतको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले फलेवासकै एक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन्।
फलेवास–५ खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा सघाउने उद्देश्यले नगर प्रमुख तिवारीले व्यक्तिगत खर्चमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन्। विद्यालयले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार वितरणको लागि शुक्रवार आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्।
नगरप्रमुख तिवारीले जिल्लाकै उत्कृष्ट र पुरानो सामुदायिक विद्यालयको रूपमा रहेको भवानी विद्यापीठले शैक्षिक गुणस्तरलाई कायम राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा गरिरहेको अथक प्रयास देखेर आफूले अक्षयकोषको स्थापना गरेका बताएका छन्। ‘सामुदायिक विद्यालयमा गुणस्तर नभएको र विद्यार्थीहरू पनि नभएको कुरा हामीले देखिरहेको बेलामा भवानी विद्यापीठले कायम गरेको शैक्षिक गुणस्तरलाई प्रोत्साहन गर्नको लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हुँ,’ नगरप्रमुख तिवारीले भने, ‘अहिले व्यक्तिगत रूपमा सहयोग गरेको हुँ। आम नागरिकका बालबालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयलाई नगरपालिकाको तर्फबाट पनि मिल्ने र सक्ने सहयोग गर्ने छौँ।’ सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नको लागि विद्यालयका हरेक समस्याहरूका बारेमा सामूहिक छलफल गर्ने र आवश्यक सहकार्य तथा सहयोगका लागि नगरपालिकाको कार्यालयमा सुझाव दिनुपर्ने उनको भनाई छ।
नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले विज्ञान विषय अध्ययनरत एक जना विद्यार्थीलाई आफ्नो व्यक्तिगत तर्फबाट पूर्ण छात्रावृत्ति दिलाउने प्रतिबद्धता जनाएकी छिन्। विज्ञान विषय अध्ययनमा विद्यार्थीहरूलाई उत्प्रेरित गर्नको लागि तथा गरिब र जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउनको लागि छात्रावृत्ति दिने उनको भनाई छ। नगर उपप्रमुख क्षेत्रीले शिक्षालाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट निर्माण हुने आश्वासन पनि दिएकी छिन्। सोही अवसरमा वडाध्यक्ष नारायण लामिछानेले विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाई आशिंक छात्रवृति दिने घोषणा गरेका छन्।
कार्यक्रममा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षलाई स्थानीय तहको निर्वाचनमा विजयी भएकोमा विद्यालयको तर्फबाट बधाई ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेल र प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले बधाई सहित सम्मान पनि गरेका विद्यालयका शिक्षक राजेन्द्र रिजालले जानकारी दिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive