सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

कुश्माको शिवालय चोकमा पनि डमी ट्राफिक प्रहरी

असार १५, २०७९

असार १५, २०७९
पर्वत : ट्राफिक सचेतना बढाई सवारी दुर्घटना न्यूनीकरणको लागि पर्वत सदरमुकाम कुश्मा बजार स्थित शिवालय चोकमा ट्राफिक प्रहरीको डमी राखिएको छ ।
दीर्घकालीन रुपमा दुर्घटना न्यूनिकरण गर्नको लागी ट्राफÞिक सचेतना फैलाउने उद्धेश्यले लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले ब्यबस्थापनमा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सडकखण्डमा पर्ने शिवालयचोकमा ट्राफिक सचेतना सहितको डमी राखिएको हो ।
पोखरा बागलुङ सडक मध्यपहाडी सडकको रुपमा स्तरोन्नती भएपछि सवारीको गति बढी हुँदा दुर्घटनाको जोखिम समेत बढेकाले बजार क्षेत्र प्रवेश गर्ने स्थानमा डकी राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए । चार लेनको सडकको बीच भागमा रहेको डिभाइडरसँगै डकी राखिएका कारण दुवै लेनमा गुड्ने चालकहरु सचेत हुने भएकाले दूर्घटना न्यनीकरणमा सहज हुने उनको भनाई छ ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले यस अगाडि पनि एउटा डमी पर्वत प्रहरीलाई दिएर कुश्मा बजारकै सडकमा राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतलाइ हस्तान्तरण गर्ने गरील्याइएका दुई ओटामध्ये एउटा बाँकी रहेकोलाई उपयुक्त स्थानमा राख्ने गरी प्रयोगमा नल्याइएको भए पनि पछिल्ला समय हाइवे क्षेत्रमा दुर्घटनाको जोखिम बढी देखिएकाले सोही ठाउँमा उक्त बाँकी रहेको डमी राखिएको क्लबका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive