बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

आज कुश्मामा रचना रिमालको लाइभ कन्सर्ट हुँदै

साउन २८, २०७९

पर्वत : पछिल्लो समय चल्तीमा रहेकी गायिका रचना रिमालले आज पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको सिद्धेश्वर चलचित्र मन्दिर (हल) मा आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने भएकी छिन् ।
‘रिडोम्स म्यूजिक ग्रुप’ को व्यवस्थापनमा हुन लागेको ‘मनसून म्युजिक फेस्ट २०७९’ मा दिउसो दुई बजेबाट कार्यक्रम सुरु गर्ने तयारी छ । ‘लाइभ कन्सर्ट’ मा गायिका रिमाल सहित ब्यान्ड च्याम्पीयनको उत्कृष्ट १० मा परेको ‘द ड्रिमर्ज’ र ¥यापर ‘सुनामी’ ले पनि आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने व्यवस्थापक ‘रिडोम्स म्यूजिक ग्रुप’ ले बताएको छ ।
टुबोर्ग वियरको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रमका लागि गायिका रिमाल सहितका कलाकारहरु शुक्रवार नै पर्वतमा भित्रिएका छन् । यूवाहरु लागू औषध सेवनबाट निरुत्साहित भई विभिन्न रचनात्मक क्रियाकलापहरुमा सक्रिय हुनुपर्ने सन्देश दिने गरी स्थापना भएको पर्वत क्रियाटिभ युथको सक्रियतामा हुने कार्यक्रममा विविध सांस्कृतिक तथा हास्य व्यङ्ग्य कार्यक्रमहरु पनि राखिएका छन् ।
कार्यक्रममा प्रवेश गर्नको लागि तीन सय, पाँच सय र एक हजार रुपैयाँ दरका टिकटको बिक्री कार्य चलिरहेको आयोजकले बताएको छ । धेरै टिकटहरु पहिले नै बुक भइसकेका कारण केही टिकटहरु कार्यक्रम स्थल प्राङ्गणबाट नै उपलब्ध हुने प्रबन्ध गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive