मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सातौँ पर्वत महोत्सव : दुई लाख राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता

पुस ९, २०७९

पर्वत : पर्वत उद्योग वाणिज्य संघको आयोजनामा हुने गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला एवं सतौँ पर्वत महोत्सवमा प्रदेशको अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।
‘समृद्ध पर्वत, हाम्रो चहाना’ भन्ने मूल नाराका साथ आउँदो माघ ११ गतेदेखि २१ गतेसम्म हुन लागेको महोत्सवको एक आकर्षणेको रुपमा गण्डकी प्रदेशभित्र रहेका स्थानीय तह स्तरीय पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको हो। पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीका अनुसार प्रतियोगितामा प्रथम हुनेले दुई लाख नगद, मेडल र प्रमाणपत्र द्धितिय हुनेले एक लाख नगद सहित मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद ३०÷३० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ।
प्रतियोगितामा भाग लिन चहाने समूहले माघ १० गते दिउसो तीन बजेसम्ममा छ हजार रुपैयाँ तिरेर समूह दर्ता गर्न सक्ने छन्। खेलाडीहरु सम्बन्धित जिल्लाको हुनुपर्ने तथा नागरिकताको प्रमाण पत्र पनि साथमा ल्याएको हुनुपर्ने भनिएको छ। खेल अवधिमा उत्कृष्ट एक जना खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।
विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट सटरलाई २५ सय, उत्कृष्ट ब्लकरलाई २५ सय, उत्कृष्ट लिफ्टरलाई २५ सय, उत्कृष्ट सर्भिसलाई २५ सय र उत्कृष्ट डिफेन्डरलाई २५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ। खेल संयोजक शेर बहादुर चोचाङ्गीका अनुसार समूहमा सम्बन्धित स्थानीय तह भन्दा बाहिरका क्षेत्रीय वा राष्ट्रिय स्तरका खेलाडीहरु दुई जना समावेश गर्न पाइने नियम राखिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive