शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

क्यान पर्वतको आठौँ साधारण सभा तथा दर खाने कार्यक्रम सम्पन्न

भदौ २४, २०८०

पर्वत : कम्प्युटर तथा आई.सि.टीको क्षेत्रमा काम गर्दै आइरहेकाहरुको साझा संस्था कम्प्युटर एसोसिएसन अफ नेपाल अन्तरगत पर्वत शाखाको आठौँ साधारण सभा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
साधारण सभाले अध्यक्ष अच्युत पौडेल तथा सचिव भरत सापकोटाको कार्यगत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मिलन पौडेल आर्थिक प्रगति प्रतिवेदन अनुमोदन गरेको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले २०७३ सालदेखि ‘क्यान महासंघ’ मा आबद्ध भई पर्वत शाखाले आई.सि.टी.को क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको बताए ।
गत पुषमा भएको अधिवेशनबाट आएको नयाँ जिल्ला कार्यसमितिले सकेसम्म मस्थानीय तहहरुमा पनि प्रबिधिमैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै भावी योजनाका रुपमा छुट भएका सदस्यहरलाई समेटने, तालिम तथा सेमिनार सञ्चालन गर्ने, गण्डकी प्रदेशको साधारण सभा असोज १३ गते पर्वतमा होस्ट गरिने, प्रत्येक स्थानीय तहमा समिति निर्माण गर्ने, आइ.टी. क्षेत्रमा थप प्रभावकारिता ल्याउन ‘एक पालिकाः एक कार्यक्रम’ सञ्चालन गर्ने, बिधालय स्तरीय कार्यक्रमहरु सञ्चालन गरेर बिद्यार्थीहरुलाई सहजीकरण गर्ने लगायतका योजनाहरु रहेको बताए ।
यस्तै अहिलेको समितिले पूर्व अध्यक्ष सम्मान तथा पारिवारिक बनभोज, आई.सि.टी.डे मा वक्तृत्वकला प्रतियोगिता सञ्चालन, सदस्य र पदाधिकारीहरुको जन्मोत्सव मनाउने, क्यान सम्बन्धी कार्यक्रमहरुमा सहभागिता जनाउने। क्यान पर्वतकी सदस्य कमला शर्माका बुबाको उपचारको लागि क्यान गण्डकी प्रदेश र क्यान पर्वतमार्फत २७ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको लगायतका कामहरु नियमित रुपमा गर्दै आइरहेको अध्यक्ष पौडेलको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यान पर्वतका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेशका सचिव खड्क बहादुर गुरुङले क्यानले प्रशिक्षणका माध्यमबाट आई.सि.टी. विकासको क्षेत्रमा अझै बढी ध्यान दिन आवश्यक रहेको बताए । पूर्व अध्यक्ष ढाकाराम सापकोटाको २०६० सालमा क्यान धौलागिरि अन्तर्गत स्थापित भएको पर्वत शाखाले विगतदेखि नै रचनात्मक कामहरु गर्दै आइरहेको बताए । पछिल्लो समय प्रबिधिले तिब्र गतिमा फड्को मारिरहेको बेलामा अहिलेको पुस्ताले यसलाई छोप्न नसकिरहेका उनको भनाई थियो । साधारण सभाले आगामी बर्षमा थप योजनाहरु तय गर्दै कार्यान्वयन गर्न सकेमा संस्थाको उचाई अझै बढेर पनि सापकोटाले बताए ।
संस्थापक अध्यक्ष राजु पौडेलले प्रबिधिसंग जोडिएर क्यान पर्वतलाई आई.टी.को क्षेत्रमा अगाडि बढाउनुपर्ने भन्दै मर्यादित र परिस्कृत बनाउनुपर्ने बताए । सबैको एकताबद्ध प्रयासमा विभिन्न काम गर्न सकिने तथा अबका दिनमा बिधालय, बिधार्थी र युवासँग जोडिएर काम गर्नुपर्ने आवश्यकता देखिएको पौडेलको भनाई छ ।
कार्यक्रमको अवसरमा क्यान पर्वतका सल्लाहकार हिमबहादुर पौडेल क्षेत्रीलाई सम्मान गरिएको छ । कुश्मा स्थित आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल रहेका उनले हालै मात्र ‘बेस्ट प्रिन्सिपल अवार्ड एट एक्जीटो इन्टरनेशनल एक्सीलेन्सी अवार्ड सिङ्गापुर–२०२३’ बाट सम्मानित भएको खुसी तथा सम्मानमा उनलाई सम्मान व्यक्त गरिएको हो । यस्तै कार्यसमितिमा रहेर सक्रियतापूर्वक काम गरेको तथा क्यान पर्वतका कायर्मक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन योगदान गरेकोमा ‘गुड सपोर्टीङ अवार्ड’ बाट सदस्य गोविन्द रेग्मी र सचिव भरत सापकोटालाई पनि सम्मान गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive