बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

मणिपालमा राखिएका बुबाको लागि औषधि किन्न गएका छोरा मृत भेटिए

मंसिर २९, २०८०

पर्वत : बुबाको उपचारको लागि कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आएका तनहुँका एक किशोर मृत भेटिएका छन्।
हाल पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र पोखरा–१६ दीपमा रहेको सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–३ नदीपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बि.क.का अनुसार बाबु हरिप्रसाद मिश्रलाई ज्वरो आएपछि सङ्गम उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा आएका थिए। बुबाको उपचारको क्रममा औषधि आवश्यक भएपछि सङ्गम बुबाको लागि औषधि लिनको लागि भन्दै निस्किएकोमा बेपत्ता भएका थिए।
उनी सम्पर्कविहीन बनेपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बिचमा उनले लगाएको कपडा र परिचय पत्र फेला परेका थिए। उनले सोही पुलबाट सेती नदीमा हाम फालेको हुन सक्ने अनुमान सहित प्रहरीले सेती नदीको ड्याम खोल्दै पानी सुकाएर सङ्गमको खोजी थालेको थियो। ड्याममा उनको शव नभेटिए पनि नदीपुरमा भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शवको उद्धार गरेर पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ।
उनको मृत्युको बारेमा थप अनुसन्धान चलिरहेको पनि जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बि.क.ले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive