मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पर्वत अस्पतालमा छाती र श्वासप्रश्वास सम्बन्धी एक दिने निःशुल्क शिविर हुँदै

पुस २६, २०८०

पर्वत : छाती सम्बन्धी समस्या भएका बिरामीहरुको लागि पर्वत अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको छ ।

यही पुस २८ गते शनिवार पल्मोनोजिस्ट सहित पल्मोनरी फङसन जाँच (पि.एफ.टी) उपचार निशुल्क गर्न लागिएकाले छाती तथा श्वासप्रश्वास सम्बन्धी बिरामीहरुलाई यसको फाइदा उठाउन अस्पतालले अनुरोध गरेको छ ।
छाती सम्बन्धी रोगका लागि एक दिन मात्रै आयोजना गर्न लागिएको निःशुल्क स्वास्थ्य शिविरमा पि.एफ.टी मसिन सहित श्वासप्रश्वास, दम, न्यूमोनिया, टि.बि. लगायतको परीक्षण गर्न लागिएको छ । शिविरमा मणिपाल शिक्षण अस्पताल र ओम हस्पिटल पोखरामा कार्यरत बरिष्ठ छाती रोग विशेषज्ञ डा. सि.पि. आचार्यबाट स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमन्त वास्तोलाले बताए ।

पर्वत जेसिज र इनरह्वील क्लब अफ पर्वतको सहयोगमा हुन लागेको शिविरमा स्वास्थ्य परीक्षण गराउन चहाने बिरामीहरुले अस्पतालको दर्ता शाखामा ९८४६१३३०९८ मा, पर्वत जेसिजका अध्यक्ष मिलन पौडेललाई ९८५७६३११०० मा, इनरह्वील क्लब अफ पर्वतका अध्यक्ष मीना जोशीलाई ९८४७६०१३९४ मा वा पर्वत अस्पतालको फोन नं. ०६७ ४२०११४ मा फोन गरेर नाम दर्ता गर्न सकिने छ ।

 

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive