शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

पर्वत ट्राफिकद्धारा जलजलाको विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन

पर्वत : सवारी सञ्चालन तथा सडक सुरक्षाको विषयमा बिभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेके जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिकामा पुगेर विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाको नेतृत्वमा पुगेको ट्राफिक प्रहरीको टोलीले जलजला गाँउपालीका–३ माझफाँटमा रहेको अमृत आदर्श प्याराडाईज एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।
विद्यालयको कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्र÷छात्रा र बिधालयका शिक्षक लगायत गरि ६० जना भन्दा धेरैलाई ट्राफिक संचेतनामुलक कार्यक्रम संचालन गरीएको हो । नेपालमा सडक दुर्घटनाको अवस्था, दुर्घटनाका कारण, सडक तथा सवारी सुरक्षाका लागि नागरिकले निभाउनुपर्ने भूमिका, दुर्घटनाका जोखिम, दुर्घटना न्यूनिकरणका उपाय लगायतको बारेमा बिद्यार्थीहरुलाई सचेत गराइएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक प्रहरीको भूमिका, नेपालमा भइरहेका सडक दुर्घटनाका बिबिध पक्षहरुको बारेमा जिज्ञासा राखेका थिए । ती जिज्ञासाको जवाफ दिँदै प्रहरी नायव निरीक्षक ओझाले विद्यार्थीमार्फत ज्ञानको प्रसार गर्नु उपयुक्त माध्यम भएको बताए । ट्राफिक नियम पालनाको बारेमा एक जना बिद्यार्थीले आफ्नो परिवारको सबै सदस्यहरु सहित छिमेकीहरुलाई पनि सचेत बनाउन सक्ने भएकाले सडक सुरक्षामा बिद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।
आजको बिद्यार्थी नै भोलिका सवारी चालक र सडकका प्रयोगकर्ता रहेकाले उनीहरुलाई सुरुमा नै सडक सुरक्षासम्बन्धी ज्ञान दिनु आवश्यक रहेको उनको भनाइ छ । यही आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सदरमुकाममा रहेका विद्यालयहरुमा मात्रै केन्द्रीत नभई जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा पनि ट्राफिक सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । विगतमा बजारमा मात्रै सवारीको सङ्ख्या धेरै हुने गरेको भए पनि सडक विस्तारका कारण ग्रामिण क्षेत्रमा पनि सवारीको सङ्ख्या बढीरहेको छ । यही कारण पनि ग्रामिण क्षेत्रमा पनि ट्राफिक प्रहरीको उपस्थिति बाक्लो हुनुपर्ने अवस्था आएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive