बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

प्रदेश सरकार स्थापना दिवसमा शुक्रवार गण्डकीमा सार्वजनिक बिदा

फाल्गुन ३, २०८०

कास्की : गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको जनाएको हो।

प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए।

नयाँ संविधान जारी भएपछि २०७४ मङ्सिरमा पहिलोपटक प्रदेश सभाको निर्वाचन भई प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका थिए। यही दिन प्रदेश सरकारको स्थापना दिवस मनाउने गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive