बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोडसहित २ पाकिस्तानी पक्राउ

फाल्गुन ३, २०८०

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए। यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने प्रहरीको भनाइ छ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ। आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रमुख पोखरेलले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive