मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

तेस्रो मगर महोत्सबबाट पर्वतमा डेब्यू प्रस्तुती दिँदै गायिका समीक्षा अधिकारी

पर्वत : आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुँदै छ ।
विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन लागेको हो । क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्ण बहादुर पुनका अनुसार ‘कला, संस्कृतिको संवर्द्धनमा ऐक्यबद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवका मुख्य उद्देश्य मगर सहित अन्य जातीजातीहरुको संस्कृति र परम्परा झल्किने पौराणिक र परम्परागत सामग्रीहरू राखिएको मगर सङ्ग्रहालय स्थापना गर्नु रहेको छ । यस अघिका पहिलो र दोस्रो मगर महोत्सवमा पनि सोही उद्देश्य राखिएको थियो । तर ती महोत्सवबाट बचत भएको रकमले मात्रै सङ्ग्रहालय स्थापना गर्न नपुग्ने तथा सङ्ग्रहालयसम्म पुग्ने बाटोको निकासका लागि पनि थप रकम आवश्यक पर्ने भएपछि तेस्रो मगर महोत्सवले पनि सङ्ग्रहालयलाई नै प्राथमिकतामा राखेको छ ।
आयोजक पुन क्लबले यस पटकको महोत्सवमा वर्तमान समयमा धेरै माग भइरहेका कलाकारहरुलाई विविधताका आधार मिलाएर सांगितिक प्रस्तुतीका लागि बोलाउने भएको छ । महोत्सवमा प्रमोद खरेल, शान्ति श्री परियार, ज्योति मगर, समीक्षा अधिकारी, प्रकाश दूतराज, एलिना चौहान, प्रीति आले, खेम सेन्चुरी लगायतलाई बोलाउन लागिएको छ । दैनिक आठ वटा दोहोरी र कुल आठ वटा लाइभ कन्सर्ट गरिने मूल समिति संयोजक पुनले जानकारी दिए ।
समीक्षा अधिकारीले यस अगाडि पर्वतमा सांगितिक प्रस्तुती दिएकी छैनन् । पर्वतबाट जोडिएको जिल्ला कास्कीमा अधिकारीको घर भए पनि उनले पर्वतमा भने पहिलो पटक डेब्यू प्रस्तुती राख्ने मौका पाउन लागेकी हुन् । अधिकारीको स्वर भरिएका गीतहरुले यो पर्वत र आसपासको क्षेत्रमा धेरै मन पराउने गरिएका छन् ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive