शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

डयूटीमा रहेकी महिला प्रहरीमाथि आफ्नै श्रीमानद्धारा गोली प्रहार गरेर हत्या

फाल्गुन ३, २०८०

दाङ : दाङमा गोली हानेर ड्युटीमा खटिएकी एक महिला प्रहरीको हत्या भएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घटना साँझ करिब साढे ७ बजे भएको हो। गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमहीको अर्जुन खोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ।

थाहाखबरबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive