मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

३८ वर्ष पढाएर बिदा भए हरिनारायण सर

बैशाख ९, २०८१
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा कार्यरत हरिनारायण उपाध्यायले अवकाश पाएका छन् ।
आफ्नो जीवनको ३८ वर्ष दुई महिना १८ दिन शिक्षण पेसामा समर्पित उपाध्यायले आफ्नो जीवनको ऊर्जाशील समय नै शिक्षण पेसामा व्यतीत गरेका हुन् । उनलाई बिदाइ गर्नको लागि आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यरत शिक्षक तथा कर्मचारीहरूले अवकाश प्राप्त शिक्षक उपाध्याय शालीन र भद्र व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए ।
उनीहरूले निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना पनि गरे । सो अवसरमा बोल्दै अवकाश प्राप्त शिक्षक उपाध्यायले आफ्नो जीवन कसैको जीवन उज्यालो बनाउने काममा खर्चिन पाउँदा खुसी मिलेको बताए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive