बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

लागू औषध दुर्व्यसन न्यूनीकरण गर्न मोदीमा सरोकारवालाबिच अन्तरक्रिया

बैशाख २३, २०८२
पर्वत : लागू औषध दुर्व्यसनलाई न्यूनीकरण गर्न तथा अभिभावकहरूले आफ्ना सन्तानहरूलाई सुरक्षित राख्नको लागि मोदी गाउँपालिकामा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जी एन्ड जी मिडिया प्रा.लि को आयोजना, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सहयोग र जिल्ला प्रहरी कार्यालय, पर्वतको समन्वयमा पातिचौरस्थित मोदी गाउँपालिकाको सभा हलमा कार्यक्रम गरिएको हो ।
मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माको प्रमुख आतिथ्य तथा मोदी गाउँपालिका–५ का वडाध्यक्ष मान बहादुर अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी, सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख गोविन्द प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठ, मोदीका विभिन्न वडाका वडाध्यक्षहरू, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, मेडिकल व्यवसायी, शिक्षक लगायतको  सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित श्रेष्ठले लागु औषधको परिचय, प्रकार, वर्तमान अवस्था र सरोकारवालाहरूको भूमिका सम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने सहभागीहरूले समुदायको समस्या रूपमा रहेको लागू औषध लगायत विकृति विसङ्गतिका न्यूनीकरणमा सरोकारवालाहरूको सहभागिता र भूमिका सम्बन्धमा आ–आफ्नो धारणाहरू व्यक्त गरे ।
वक्ताहरूको रूपमा पालिका अध्यक्ष हीरादेवी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी र सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द प्रसाद पौडेलले लागू औषध दुर्व्यसनी न्यूनीकरणको लागि सबै सरोकारवालाहरू उत्तिकै जिम्मेवार ढङ्गले सहकार्य गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रमका अध्यक्ष मानबहादुर अधिकारीले आगामी दिनमा समेत सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लागु औषध मुक्त सभ्य समाज निर्माण गर्ने अपेक्षा रहेको बताएका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive