शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पैँयूँ गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

जेष्ठ २२, २०८२
पर्वत : पर्वतको पैयूँ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम पावर न्यूज नेटवर्क मिडिया प्रा.लि. पैयूँ -५, पर्वतको सहजीकरणमा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाका दुई सयभन्दा बढी नागरिक तथा सरोकारवाला पक्षहरूको उपस्थितिमा पालिकाको वार्षिक योजना, बजेट कार्यान्वयन, सेवा प्रवाह र समग्र विकास गतिविधिहरूको विषयमा विस्तृत जानकारी प्रस्तुत गरियो।
कार्यक्रममा पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी राना तथा प्रमुख प्रशासकीय अधिकृत जीवन गौरे लगायतका कर्मचारीहरुले आफ्ना आ-आफ्ना क्षेत्रका गतिविधिहरूको प्रस्तुत विवरणहरू सार्वजनिक गर्दै समसामयिक चुनौती, उपलब्धि तथा आगामी योजनाहरूको बारेमा प्रकाश पार्नुभयो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्न पाउने अवसर पाएका थिए भने सम्बन्धित पदाधिकारीहरूले तिनको स्पष्ट उत्तर दिने प्रयत्न गर्नुभएको थियो। यसले स्थानिय तहमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्ने दिशामा सकारात्मक आदार तयार गरेको सहभागीहरूको धारणा थियो।
कार्यक्रमले स्थानीय सरकार र नागरिकहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउने आधार तयार गरेको छ। सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा आयोजना गर्न सुझावसमेत दिएका छन्।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive