मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

सामुदायिक सेवा केन्द्रको अगुवाइमा कुश्मामा सरसफाइ कार्यक्रम सम्पन्न

कार्तिक २२, २०८२
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा सक्रिय रहेका विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा कुश्माको शिवालय चोक र आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
शिवालय युवा विकास मञ्च, निमिसा यातायात प्रा.ली र सामुदायिक सेवा केन्द्र शिवालय चोक कुश्माको संयुक्त आयोजनामा शिवालय चोकदेखि साझा चोकसम्मको सडक क्षेत्रमा सरसफाइ गरिएको हो । सामुदायिक सेवा केन्द्रको अगुवाइमा भएको सरसफाइ कार्यक्रममा शिवालय युवा विकास मञ्चका स्वयंसेवक, निमिसा यातायात प्रा.ली.मा आबद्ध पदाधिकारी तथा यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी सदस्य तथा सामुदायिक प्रहरी तथा उद्योग वाणिज्य सङ्घ पर्वतका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मानकुमारी गिरी, सचिव अभिलास गिरी, सह सचिव प्रहरी हवलदार शङ्कर क्षेत्री, सदस्य दुर्गादेवी सुवेदी पौडेल, संविधान गिरी, उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष तथा केन्द्रका सल्लाहकार ठाकुर बी. पौडेल, शिवालय युवा विकास मञ्चका उपाध्यक्ष दीपेन्द्र भण्डारी, रेडियो शालिग्रामका स्टेसन म्यानेजर गोविन्द अधिकारी लगायतको सहभागिता रहेको थियो ।
सडक तथा नालीमा रहेका प्लास्टिकजन्य फोहोर, काठ, ढुङ्गाका टुक्रा, झारपात लगायत निकालेर वातावरणलाई स्वच्छ राख्ने प्रयास गरिएको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मानकुमारी गिरीले बताउनुभयो । केन्द्रको हालै बसेको बैठकबाट सामुदायिक समस्याको निराकरण मात्रै नगरी सामुदायिक स्वास्थ्यमा पनि ध्यान दिने योजना अनुसार सरसफाइ कार्यक्रमको आयोजना गरिएको गिरीले बताउनुभयो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive