बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

मनोरञ्जन सँगै व्यापारमा रमाउँदै महिला उद्यमीहरू

पुस १५, २०८२

पर्वत : उद्यमशीलता आफैमा केही गर्ने र गराउने विशिष्ट कला हो जसले आफू र आफ्ना कामदारहरूको जीवनयापन लाई सहज बनाउँदै आर्थिक उपार्जन गर्न मद्दत गरेको हुन्छ, वर्तमान समयमा उद्यम गर्ने मानिसको सङ्ख्यामा कमी हुँदै आइरहेको छ जसको कारण देशमा हुने विभिन्न प्रकारका आन्दोलन , विभिन्न प्रकारको रोगजन्य सङ्क्रमण तथा युवा जनशक्ति पलायनको अवस्था कारक रहेको छ ,वर्तमान समयमा स्वदेशमा केही गर्न चाहने उद्यमी वा व्यापारीको सङ्ख्यामा उल्लेख कमी आएको पनि छ ।

गत भदौ २३ र २४ को नव युवाहरूको आन्दोलनले दुखद मानवीय क्षति सँगै उद्योगी तथा व्यापार क्षेत्रले ठुलो नोक्सानी बेहोर्नु परेको छ न त सरकारी निकाय सुरक्षित रहे न त व्यापार केन्द्र नै सुरक्षित हुन सके  यस्तो विषम परिवेशमा पर्वत जिल्लामा शान्ति र सदभावका लागि स्वर्ण जयन्ती वर्ष २०८२ को अवसरमा पर्वत उद्योग वाणिज्य सङ्घका द्वारा आयोजित  आठौँ पर्वत महोत्सव  पौष ९ देखि १९ सम्म सञ्चालनमा छ,  “समृद्ध पर्वत हाम्रो चाहना” भन्ने मुलनाराका साथ गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा आठौँ पर्वत महोत्सव–२०८२ मा स्थानीय लघु घरेलु उत्पादन र पर्यटन प्रवर्द्धनका लागि प्रचार प्रसारको महत्त्वपूर्ण माध्यम महोत्सव बनेको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घ द्वारा आयोजित यस महोत्सवमा गण्डकी प्रदेशको पर्यटन, कला, साहित्य, उत्पादन सँगै पर्वतको कला, साहित्य, सङ्गीत, संस्कृति, भेसभुसा र धार्मिक, पर्यटकीय स्थलहरूको सम्बद्र्धन एवं प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रको लघु घरेलु,कृषि, पशुजन्य, गैर काष्ठ,बनजन्य औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरूको प्रदर्शन एवं प्रवर्द्धन गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरूलाई यस जिल्लामा आकर्षित गरेको आभास महोत्सव स्थलमा  छ । मेला महोत्सवमा प्राय बस्तुहरूको खरिद विक्रीका साथै भरपुर मनोरञ्जन प्राप्त गर्ने स्थल पनि हो यस पालीको पर्वत को महोत्सवमा व्यापार गर्दै रमाउँदै गरेको दिदी बहिनीहरूको स्टल पनि देखियो , हुन त महोत्सव स्थलमा भएका सबै व्यापारी स्टल , होटलहरुमा सबै रमाउँदै व्यापार गरी रहको देखिन्छ तर आयोजकहरूको नै सक्रियताका साथ स्टल राखी स्थानीय स्तरमा उत्पादन हुने बस्तुको प्रयोग गरी खाने कुराहरुको व्यापार गरी रहनु भएको छ पर्वत उद्योग वाणिज्य सङ्घ महिला उद्यमी समिति जो महोत्सवको आयोजक पनि हो जसले महोत्सवमा आगमन गर्न अतिथि सत्कार र स्वगतको महत्त्वपूर्ण जिम्मेवारी बहन गरिरहेको पनि छ यो समिति नै समितिका सबै सदस्यहरूको उत्साहजनक सहभागितामा स्टल बुकिङ गरी व्यापारी कार्य गरिरहेको छ ।

स्थानीय स्तरमा बनाउने खाजाहरु कोदोको सेल, चामलको सेल , पकौडा , चिया , तरकारी , चिया र कफी लगायतका विभिन्न परिकारहरूको स्वादमा विक्री वितरण भईरहेको छ , महोत्सवको शुरु दिन देखि आज सम्मको व्यापार हेर्दा सन्तुष्ट नै छौ भन्नु हुन्छ महिला उद्यमी समितिका अध्यक्ष अम्बिका कुमारी शर्मा साथै सबै समिति पदाधिकारी लगायत सदस्यहरुको सक्रिय सहभागितामा यो स्टलको व्यवस्थापन गरिएको बताउनु हुन्छ ।

दुई जना स्टलमा कर्मचारी राखिएको छ भने समितिका सबै पदाधिकारी लगायत सदस्यको दैनिक पालो राखेर व्यवस्थापन मिलाएको कुरा उद्यमी समितिकी उपाध्यक्ष थुमा कुमारी अधिकारी बताउनु हुन्छ, हामीलाई यो कार्य गर्न प्रेरणा प्रदान गर्ने आठौँ पर्वत महोत्सवका मूल आयोजक समिति अध्यक्ष ठाकुर वि. पौडेल लगायत सबै कार्य समिति प्रति आभारी छौ भन्नु हुन्छ महिला उद्यमी समिति सचिव शान्ति शर्मा कुमाल, साथै आर्थिक रूपमा स्टलको व्यवस्थापन गर्न सकिरहेका छौ पक्का पनि राम्रो नै व्यापार हुनेमा ढुक्क रहेका छौ भन्नु हुन्छ कोषाध्यक्ष रेणु पुन, मनोरञ्जन सँगै सबै महिला दिदी बहिनीहरूलाई व्यवसायमा  जोड्न सकिन्छ की भन्ने साझा उद्देश्य राखेर रमाइलो नाच गान सहित रमाउँदै व्यापार गर्दै गरेका छौ यसले हामी सबैमा सानो रकमको जोहोले पनि  सामान्य रूपमा व्यवसाय गर्न सकिने रहेछ र यस्तो जिल्लामा आयोजना गरिने मेला महोत्सवमा हाम्रो सहभागिता आवश्यकता रहने रहेछ भन्ने महसुस गरेको छौ भन्नेमा सबै महिला उद्यमी समिति रहेको छ ।

यज्ञ प्रसाद शर्मा

कुश्मा

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive