बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

गोरखाबाट चुनाव लड्ने पूर्व उपरथी श्रेष्ठ भन्छन्, ‘असल मानिसहरुको मौनताले पनि बिग्रिन्छ’

पुस २१, २०८२

काठमाडौं : नेपाली सेनाका पूर्व उपरथी तथा सिभिल ईञ्जिनियर बाबुराम श्रेष्ठ आगामी प्रतिनिधिमा सभाको निर्वाचनमा गोरखा–२ बाट चुनाव लड्ने तयारीमा छन्।
सिराञ्चोक गाउँपालिका–८ जौबारी घर भएका श्रेष्ठ विकासवादी र यथार्थपरक शैलीका व्यक्ति हुन्। गोरखा र समग्र देशको आर्थिक–सामाजिक–सांस्कृतिक समुन्नतिक लागि स्पष्ट कार्ययोजनाको तयारी गरिरहेका उनले कुनै कुरा बिग्रनुको कारण खराब व्यवहार भएका व्यक्तिहरु मात्रै नभएर मौन बस्ने शैली भएका असल व्यवहार भएका व्यक्तिहरु पनि भएको बताउँछन्।
बुवाको स्वास्थ्य अवस्थाका कारण केही समय घरदैलो अभियानलाई स्थतिग गरेका उनले पुनः अभियानमा जोडिँदै छन्। त्यसै क्रममा उनले देश बिग्रेको खराब मानिसहरुबाट मात्र नभएर असल मानिसहरुको मौनताले पनि भएको बताएका छन्। आफ्नो कुनै राजनितिक पृष्ठभूमी र सङ्गठन नभएको भन्दै श्रेष्ठले सङ्गठन भएका पुराना दलहरुले देशको समृद्धि र समुन्नतिको लागि जति गर्नुपर्ने थियो त्यति नगरेको उनको भनाइ छ।
नयाँ दलहरु र ति दलका नेताहरुको देखावटी तामझाम, कपटीपन र भित्री नियतका बारेमा पनि आफू अवगत रहेको भन्दै उनले देशलाई भड्खालोमा हाल्ने पुरानो वा नयाँ मुहारहरुको क्रियाकलाप हेरेर बस्न नसक्ने उल्लेख गरेका छन्। देशका लागि काम नगर्नेहरुको बिरुद्धमा “वैदिक प्रज्ञान, बौद्ध ज्ञान र रैथाने संस्कृति“ को जगमा स्वदेशिय शासन सत्ता स्थापित हुनुपर्छ भन्ने मान्यता सहित आफू चुनाबी मैदानमा उत्रीने श्रेष्ठको भनाइ छ।
‘कसैले पनि यो मातृभूमीलाई प्रयोगशाला र केटाकेटीको मट्याँङ्ग्रा बनाउन पाइँदैन। रोम जल्दै गर्दा राजा निरोले बासुँरी बजाईरहनु भएको ऐतिहासिक मिथक हामीले सुनेका छौं। नेपाल डुब्यो भने हामी कोही बाँकी रहने छैनौ। कसै न कसैले खवरदारी गर्नै पर्छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हामीले यो मनन गर्नु जरुरी छ की देश बिग्रेको खराब मानिसहरुबाट मात्र होइन, असल मानिसहरुको मौनताले पनि हो।’
आफू जौबारीको धुलो, हिलोबाट जन्मिएको र हुर्किएको भूईंमान्छे भए पनि हात–मूख जोड्नकै लागि राजनिति नै गर्न जरुरी नभएको भए पनि नेपाली सेनामा रहँदा आर्जन गरेको नेतृत्वकला, सीप, क्षमता र योग्यता सहित बाँकी जीवन देशको हितमा समर्पण गर्नका लागि स्वतन्त्र रुपमा चुनावमा उठ्ने श्रेष्ठले बताएका छन्।
देशको समुन्नतिको लागि आफूसँग स्पप्ट खाका भएको भन्दै उनले नीतिगत कुराहरुमा, शैक्षिक क्षेत्र, वातावरणिय क्षेत्र, बिपद ब्यबस्थापन क्षेत्र, सुरक्षा क्षेत्र, प्राबिधिक क्षेत्र, भु–राजनितिक क्षेत्र जस्ता बिषयहरुमा आफूले योगदान दिन सक्ने उल्लेख गरेका छन्। त्यसका लागि समस्या, चुनौती र संभावनाको पहिचान, श्रोतको ब्यबस्थापन र सुनिश्चितता तथा कार्यान्वयन पक्षमा गम्भीर हुनुपर्ने उनको योजना छ।
गत भाद्र २३ र २४ गते भएको जेन–जेड् आन्दोलन र शहीदको बलिदानले मातृभूमीको आर्थिक–सामाजिक–साँस्कृतिक–राजनितिक परिवर्तन÷बिकाशको लागि नयाँ सोँच, नयाँ बिचार र नयाँ उर्जा सहितको जन–प्रतिनिधि खोजेकोले यसमा सबै गम्भीर हुनुपर्ने श्रेष्ठ बताउँछन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive