आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका ३४ वर्षीय छोरा पक्राउ

बैशाख २०, २०८३

पर्वत : आफ्नै ६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले घट्नाको भोलिपल्टै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कास्कीको रुपा गाउँपालिका–४ बागेडाँडा घर भएका ३४ वर्षीय भीम बहादुर भुजेललाई पक्राउ गरिएको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिइएको हो ।
प्रहरीका अनुसार गत वैशाख १७ गते बागेडाँडास्थित साँझ पौने ७ बजेको समयमा भुजेलका बाबु राम बहादुर घर्ती अचेत अवस्थामा भेटिएका थिए । उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रहरी पुग्दा मृत भेटिएका भुजेलको शवलाई पोस्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट रगत बगेको र कोठाको ढोका खुल्लै रहेको पाइएको थियो । सोही आधारमा उनको मृत्यु कर्तव्यबाट भएको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । प्रतिवादीको खोजतलास गर्दै जाँदा घटनामा संलग्न भुजेलकै कान्छा छोरा वैशाख १८ गते पोखरा महानगरपालिका–११ हस्पिटल चोकबाट पक्राउ परेका थिए ।
पक्राउ परेका भुजेललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ को कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।

वैशाख २०, २०८३

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive