आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

जलजलामा आयोजित शिविरमा ७४४ जनाको स्वास्थ्य परीक्षण

बैशाख २७, २०८३

पर्वत : जिल्लाको जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा ७४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित लुङदी आधारभूत विद्यालय मोहनचोकमा शिविरको आयोजना गरिएको थियो। दर्ता शुल्क, ‘भिडियो एक्स रे’, ‘इसिजी’, ‘इको’ तथा औषधि समेत निःशुल्क रूपमा वितरण गरिएको शिविरमा करिब २५ लाख बराबरको योगदान भएको छ ।
शिविरमा मुटु रोग, उच्च रक्तचाप, ‘कोलेस्ट्रोल’, मिर्गौला, ‘सुगर’, दम, छाती रोग, पेट तथा ‘ग्यास्ट्रिक’, हाड जोर्नी तथा नसा रोग सम्बन्धी परीक्षण, परामर्श सेवा प्रदान गरिएको छ। मनमोहन कार्डियोथेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँका प्रमुख वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईको नेतृत्वमा मिर्गौला रोग विशेषज्ञ डा. दिब्यसिह शाह लगायत २० जना भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए। दुर्गम क्षेत्रमा रहेका, विभिन्न बाध्यताले स्वास्थ्य परीक्षण गराउन जान नसकेका, ज्येष्ठ नागरिक लगायतलाई लक्षित गरेर आयोजना भएको एक दिने शिविरमा धेरैले स्वास्थ्य परीक्षण गराएका उनको भनाइ छ।
शिविरमा १७ जना मुटु रोगी बिरामी पहिचान भएको छ। उनीहरूलाई शल्यक्रिया सहित थप परीक्षणका लागि काठमाडौँ ‘रेफर’ गरिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए। शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा साना उमेरका बालबालिका समेत रहेका छन्। पर्वत सहित म्याग्दी र बागलुङबाट समेत सेवाग्राहीहरू उपस्थित भएको शिविरमा २६३ जनाले इको, ४६७ जनाले मुटुको इसिजी गराएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive