सोम, असार ८, २०८३
Mon, June 22, 2026

पूर्णेश्वर भुतपुर्व विद्यार्थी समाजको आयोजनामा निशुल्क योग शिविर सम्पन्न

असार ८, २०८३

पर्वत : जिल्लाकै अग्रणी भूतपूर्व विद्यार्थी समाजको रुपमा परिचित पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजको आयोजनामा २०८३ जेठ २४ गते देखि सञ्चालन भएको निशुल्क योग शिविर कुश्मा –१० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
समाजको आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले विद्यार्थी समाज, विद्यालयको साथसाथै समाजसँग पनि भन्ने ध्येयले शिविरको आयोजना गरिएको थियो । १२ दिन सम्म सञ्चालित शिविरमा पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजका पूर्व सचिव, पतञ्जली योग समिति पर्वतका योग प्रशिक्षक आनन्द पौडेल र रिता पौडेलले प्रशिक्षण गर्नुभएको थियो भने पूर्णेश्वर माध्यमिक विद्यालयको सेवाक्षेत्रभित्रका ८२ जना सहभागीहरुको दैनिक सहभागिता रहेको थियो ।
समापन समारोहमा सहभागीहरुको तर्फबाट भेटेरिनरी अस्पताल पर्वतका अधिकृत जगतबहादुर नेपाली र पूर्णेश्वर मा.वि. का शिक्षक गङ्गाकुमारी शर्माले आफ्नो भनाइ राखे । समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै प्रशिक्षकलाइ सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी प्रशिक्षक आनन्द पौडेल, कुश्मा नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष सुजन बि.क.ले आफ्नो भनाइ राखे । वडाध्यक्ष सुवेदीले समाजले रचनात्मक कार्य गरेकोमा समाजको प्रशंसा गर्नुको साथै सहकार्यको लागि वडा सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । वडा सदस्य फणिन्द्र पौडेल, डम्बरु शर्मा लामिछाने, बिन्दु थकाली, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्याल, वडा सचिव नारायण लामिछाने लगायतको उपस्थिति रहेको थियो । पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, समाजका कोषाध्यक्ष अम्बिका पौडेलको स्वागत र समाजका सचिव दामोदर पौडेलको सञ्चालनमा भएको थियो ।
समाजले सुरु गरेको यस अभियानलाई निरन्तरता दिनको लागि पार्वती उपाध्यायको संयोजकत्वमा ११ सदस्यीय पूर्णेश्वर पतञ्जली योग समिति समेत गठन गरिएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive