शनि, साउन २, २०८३
Sat, July 18, 2026

ईनरह्वील क्लब अफ पर्वतको १२ औँ पदस्थापन सम्पन्न

साउन १, २०८३

पर्वत : महिलाहरू मात्रै सहभागी भई सामाजिक सेवाका क्षेत्रमा इनरव्हील क्लब अफ पर्वतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५/२६ की अध्यक्ष सुजाता बि. पौडेलको एक वर्षको कार्यकाल पूरा भएपछि वर्ष २०२६/०२७ का लागि तुलसी बी पौडेल अध्यक्ष बनेकी छिन् । नयाँ नेतृत्वमा आएकी पौडेल सहित पदाधिकारी र अन्य सदस्यहरूको कुश्मामा आयोजना भएको १२ औँ पदस्थापन कार्यक्रममा पदस्थापन गरिएको हो । इनरह्बील क्लबको नेपाल डिस्ट्रिक्ट ३५० की अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको हो । अघिल्लो कार्यकालका पदाधिकारीहरूले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई माला तथा अन्य आधिकारिक विवरणहरू सहित जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यस वर्षको कार्यसमितिमा निवर्तमान अध्यक्ष सुजाता वि. पौडेल, प्रथम उपाध्यक्ष लक्ष्मी उपाध्याय, द्वितीय उपाध्यक्ष लीला दवाडी, सचिब राधा देवी पौडेल, कोषाध्यक्षमा माया पुरी, आइएसओमा सरस्वती भण्डारी, इडिटरमा सन्तु गिरी तथा बोर्ड सदस्यहरुमा गौरी गिरी, कल्पना ढकाल, राजकुमारी राना, स्वइच्छा आचार्य र गीता पौडेल रहेका छन् । कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी मञ्जु शाक्य, संस्थापक अध्यक्ष लक्ष्मीकुमारी मेधासी, रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता विश्वप्रकाश प्रसाईँ, कुश्मा नगरपालिका ६ का वडाध्यक्ष ईश्वर गिरी, पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी पौडेल, प्रथम उपाध्यक्ष कमल जी.सी, रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष शिव शर्मा पौडेल, लायन्स क्लब डिस्ट्रिक्ट ३५० का अध्यक्ष अर्जुन पौडेल निर्जन, रोटरी क्लब अफ पर्वत वर्ष २६/२७ का अध्यक्ष डाँसीराम अधिकारी, रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष सुजन पौडेल, ईनरह्वील क्लब अफ पर्वतका पूर्व अध्यक्षहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा वर्ष २०२५/२०२६ का अध्यक्ष सुजाता वि पौडेलले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । वर्तमान अध्यक्ष तुलसी बी पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व सचिव लीला दवाडी र वर्तमान सचिव राधा दवाडी पौडेलले गरेका थिए । ईनरह्वील क्लब ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल आदर्श बोकेको संस्था हो । संसारभरका स्वयंसेवी महिलाहरू आबद्ध भई मित्रता गर्दै एक आपसमा अनुभव आदानप्रदान गरी विभिन्न सेवामूलक कार्यहरू यसै संस्थामार्फत हुने गरेका छन् । पर्वतमा सन् २०१४ मा लक्ष्मी कमारी मेधासीको नेतृत्वमा क्लब गठन भई अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । क्लबमा आबद्ध महिलाहरूले स्वास्थ्य शिविर सञ्चालन, बालबालिकालाई छात्रवृत्ति वितरण, भूकम्प पीडितलाई सहयोग, विद्यालयमा कम्प्युटर सहयोग, दृष्टिविहीन बालबालिकालाई सहयोग लगायतका सामाजिक कामहरू गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive